विभिन्न कारणबाट हामीले आफ्ना साथीभाई परिवारजन हरूलाई पठाएको सन्देश फोटो लगायत अन्य जानकारीहरू फेसबुक देखि डिलेट हुनसक्छ। यसरी फेसबुकमा डिलेट भएका सन्देश ,फोटोहरू कसरी सजिलोसँग रिकभरी गर्ने | how to recover permanently deleted messages on Facebook यस बारेमा तपाईँहरूलाई चरणबद्ध रूपमा सम्पूर्ण जानकारी दिनेछु।
Table of Contents
Step 1
आफ्नो मोबाइलमा रहेको फेसबुक एप लन्च गरि फेसबुक Account लगइन गर्नुहोस र प्रोफाइलमा रहेको सेटिङ र गोपनीयतामा क्लिक गर्नुहोस्।। प्रोफाइल सेटिङमा रहेको तपाईको फेसबुक जानकारी भित्र रहेको प्रोफाइल जानकारी डाउनलोडमा क्लिक गर्नुहोस्। Settings and privacy> Settings >Profile settings >Your Facebook information >Download profile information

Step 2
अब तपाईँको स्क्रिनहमा तपाईंले डाउनलोड गर्न चाहेको फेसबुक विवरणहरू देखिने छन आवश्यक रहेका फाइलहरू डाउनलोड गर्ने सक्नुहुन्छ। Message recoveryको लागी सन्देश चयन गर्नुहोस् र तल रहेको र्फाइल सिर्जनामा क्लिक गर्ने। फाइल सिर्जनामा क्लिक गरिसकेपछि फाइल डाउनलोड सुरु हुनेछ। Facebook account create गरे देखिका सबै सन्देशहरू रिकभरी हुने हुनाले 15-20 मिनेट समय लाग्नसक्छ।
Step 3
तपाईँले डाउनलोड गरेको फाइल zip ढाँचामा हुने हुनाले यसलाई unzip गर्नुपर्ने हुन्छ।यसको लागि गुगल प्ले स्टोर रहेको ZArchiver एप डाउनलोड गर्न सक्नुहुनेछ एप्पल प्रयोगकर्ताको लागि एप स्टोरमा रहेको Zip & RAR File Extractor एप डाउनलोड गरि unzip गर्न सक्नुहुन्छ। एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको My files एप देखि unzip गरि पुरानो डिलेट भएका सन्देश फोटोहरू हेर्न सक्नुहुन्छ।
सारांश
Facebook मा Delete भइसकेका विभिन्न photo message लगायत अन्य आवश्यक Data हरूलाई सजिलोसँग कसरी recovery गर्ने बारेमा सम्पूर्ण जानकारी दिने कोसिस गरेको छु।
Also read : सामाजिक संजालले हाम्रो जीवनमा परेका नकारात्मक प्रभाब
2 thoughts on “How To Recover Permanently Deleted Facebook Messages On Mobile”