उत्कृष्ट प्रफोमेन्शको लागि एन्ड्रोइड स्मार्टफोनलाई कसरी अप्टिमाइज गर्ने!

के तपाईँहरूको स्मार्टफोन स्लो छ। स्लो भऐकै कारण आफुले चाहे जस्तो  गेम खेल्न र युटुब भिडियो हेर्न सक्नु भएको छैन। बजारमा अहिले फ्लैगशिप स्मार्टफोन मिड-रेन्ज र लो-रेन्ज जस्ता स्मार्टफोन उपलब्ध  छन। फ्लैगशिप स्मार्टफोनमा र्याम तथा स्टोरेज बढि हुनुका साथै प्रोसेसर पनि राम्रो हुन्छ किनकि यी फोनहरुको मुल्य मिड-रेन्ज लो-रेन्ज स्मार्टफोन  भन्दा बढि हुन्छ। तर मिड-रेन्ज लो-रेन्ज स्मार्टफोनमा र्याम र स्टोरेज का साथै प्रोसेसर पनि सामान्य किसिमको हुन्छ। मिड-रेन्ज र लो-रेन्ज स्मार्टफोन खरिद गरेको केही महिना सम्म राम्रो प्रफोमेन्श दिन्छ। तर कहि समय पछि फोनको प्रफोमेन्शमा कमी आउछ। फोनको प्रफोमेन्शमा कमि आउदा प्रयोगकर्ताले चाहे अनुरूप स्मार्टफोनले काम गर्न सक्दैन। मिड-रेन्ज लो-रेन्ज फोन प्रयोग गर्दा केहि सावधानी र फोनमा केहि सेटिङ मिलाएको खण्डमा स्मार्टफोन स्लो हुने समस्याबाट केहि मात्रमा राहत पाउन सकिन्छ। यसको लागि यो आर्टिकल अन्त्य सम्म पढ्नु होला।

ईन्टरनल मेमोरी स्पेस बढाउने

यदि तपाईँहरूको स्मार्टफोन स्लो चलिरहेको छ भने सर्वप्रथम आफ्नो स्मार्टफोनको ईन्टरनल स्टोरेज चेक गर्नुहोस।स्मार्टफोन स्लो हुनुको मुख्य कारण कम स्टोरेज पनि हुनसक्छ। आज भोलिका स्मार्टफोनहरुमा पर्याप्त मात्रमा स्टोरेज र र्याम हुन्छ। तर मिड-रेन्ज र लो-रेन्ज स्मार्टफोनमा स्टोरेज र र्याम सीमित मात्रमा हुन्छ र एस डि कार्ड पनि कम जीबीको प्रयोग गर्न मिल्छ।त्यसैले यी  स्मार्टफोनहरुको ईन्टरनल स्टोरेज  बृद्धि गर्नको लागि इन्टरनेटमा उपलब्ध रहेका सैमसंग कलाउड, वन ड्राइभ,गुगल फोटो जस्ता नि:शुल्क कलाउड स्टोरमा स्टोर गरि  स्मार्टफोनको  स्टोरेज वृद्धि गर्न सकिन्छ।

कुनै पनि स्मार्टफोनमा रहेको स्टोरेज मध्ये 46% स्टोरेज फोनको सिस्टम र स्मार्टफोनमा कम्पनीले राखेका एपहरुमा  प्रयोग हुन्छ। बाँकी रहेको स्टोरेज प्रयोगकर्ताको आवश्यकता अनुसार फोटो,भिडियो,गेम आदि एपहरुमा मेमोरी प्रयोग हुन्छ। स्मार्टफोनको स्पिड वृद्धिको लागि कम्तीमा पनि 25% स्टोरेज खाली हुनु पर्छ। प्रयोगकर्ताले आफ्नो स्मार्टफोनको स्टोरेज वृद्धि गर्नुको लागि फोनमा रहेको फोटो,भिडियो फाइलहरू  एस डि कार्डमा पनि सेभ गरेर स्टोरेज वृद्धि गर्न सक्छन। यसरी स्मार्टफोनको स्पेस वृद्धि हुँदा फोनले पहिले भन्दा राम्रोसँग काम गर्छ।

लाइट एपहरु प्रयोग गर्ने

स्टोरेज र र्याम कम हुने स्मार्टफोनमा धेरै मेमोरी र उच्च ग्राफिक्स भएको गेमिङ एप, सोशल मिडिया एपहरु प्रयोग गर्दा स्मार्टफोनको स्पिडमा कमि आउन सक्छ। यदि तपाईँहरूले पनि बढि मेमोरी र उच्च ग्राफिक्स भएका एप प्रयोग गर्नु भएको छ भने तुरुन्तै डिलेट गर्नुहोस। किनकि मिड-रेन्ज लो-रेन्ज तथा पुरानो स्मार्टफोनका लागि विभिन्न गेमिङ एपका साथै सोशल मिडिया एपहरुको लाइट भर्जन गुगल एप स्टोर का साथै अन्य एप स्टोरमा उपलब्ध गराएका छन।  फेसबुकले फेसबुक लाइट, टिकटकले टिकटक लाइट, ट्विटरले ट्विटर लाइट, पब्जीले पब्जी लाइट जस्ता लाइट भर्जन मार्फत आफ्नो सेवा दिदै आइरहेका छन। लाइट भर्जनका एपहरुमा मेमोरी साइज पनि कम हुन्छ  र एप प्रयोग गर्दा र्याम पनि कम प्रयोग हुन्छ जसका कारण स्मार्टफोनमा अनावश्यक स्टोरेज र र्यामको प्रयोगमा कमि हुन्छ जसका कारण फोनको प्रफोमेन्श राम्रो हुन्छ।

अपरेटिङ सिस्टम तथा एपहरु रेगुलर अपडेट गर्ने

मिड-रेन्ज लो-रेन्ज स्मार्टफोनहरु खरिद गरेको केहि महिना पछि राम्रोसँग प्रफोमेन्श दिन्छ सकिदैन। प्रयोगकर्ताले स्मार्टफोन प्रयोग गर्दै जाँदा आफूलाई आवश्यक पर्ने एपहरु ईन्स्टल गर्छन। यसरी स्मार्टफोन  प्रयोगकर्ताले प्रयोग गरेको एपमा समय समयमा एप डेप्लपरले नयाँ फिचर्स र सुरक्षालाई मध्यनजर राखि नयाँ भर्जन लन्च गर्छन। कुनै पनि एपको नयाँ भर्जन आएको छ भने स्मार्टफोन प्रयोगकर्ताले उक्त एपलाई अपडेट गर्दा फोन सजिलै सङ्ग चल्नुका साथै प्रयोग गर्दा फोर्स स्टप हुने समस्यामा कमी आउछ। एपहरुलाई रेगुलर अपडेट गरे जसरी नै स्मार्टफोनको अपडेट सिस्टमलाई पनि अपडेट गर्नुपर्छ। एन्ड्रोइड स्मार्टफोनमा गुगल कम्पनीले हरेक बर्ष नयाँ फिचर्स समावेश गरि अपरेटिङ सिस्टमको नयाँ भर्जन विभिन्न स्मार्टफोनका लागि उपलब्ध गराएको हुन्छ। नयाँ अपरेटिङ सिस्टम अपडेट गर्दा स्मार्टफोन स्लो हुने समस्याबाट मुक्ति पाउन सकिन्छ।

Setting > software Update >Checking for Update

Play store>profile picture >manage apps & device > update apps

अनावश्यक एपहरु अनस्टल गर्ने

स्मार्टफोनको स्पिड कमि हुनुको अर्को कारण प्रयोग नहुने एपहुरु फोनमा राखि राख्ने बानी पनि हुनसक्छ। मिड-रेन्ज लो-रेन्ज तथा पुरानो फोनहरुमा ईन्टरनल स्टोरेज र र्याम कम हुन्छ। अनावश्यक एपहरुले फोनको स्टोरेज साइजमा कमि आउछ। महिना 1 2 पटक मात्र प्रयोग गर्ने एपहरु डिलेट गरि आवश्यक परेको अवस्थामा ईन्स्टल प्रयोग गर्दा फोनको मेमोरी स्पेस बृद्धि गर्न मद्दत गर्छ। अनावश्यक एपस अनस्टल गर्नु पुर्ब रेगुलर प्रयोग हुने एप र केहीले काहि प्रयोग हुने एपहरुको सूची तयार पार्नुहोस। यसरी तयार पारेको सूची अनुसार प्रयोग नहुने एपहरुलाई अनस्टल गर्नुहोस। प्रयोग नहुने एपहरु अनस्टल गर्दा फोनको स्टोरेज क्षमतामा बृद्धि हुनुका साथै स्मार्टफोनको प्रफोमेन्शमा पनि सुधार आउछ।

मेनुमा खोल्ने >अनस्टल गर्न चाहेको एपलाई लामो प्रेस गर्ने>अनस्टल विकल्प अगाडि देखा पर्छ> अब एप अनस्टल गर्ने

दैनिक फोनलाई अप्टिमाइजेसन गर्न

एन्ड्रोइड 5 देखि अहिलेसम्म का एन्ड्रोइड भर्जनमा कम्पनीले विगत केहि बर्ष अगाडि देखि डिभाइस केयर भन्ने फिचर्स उपलब्ध गराएको थियो। यो फिचर्स देखि थड् पाटि एपको प्रयोग बिना नै फोनलाई अप्टिमाइजेसन गर्न सकिन्छ। दिनको 2 3 पटक अप्टिमाइजेसन गर्दा फोनको स्पिडमा सुधार आउछ। किनकि स्मार्टफोन अप्टिमाइजेसन गर्दा ब्याक ग्राउनडमा चलिरहेका एपहरु बन्द हुन्छ र्याममा रन भएका एपहरु र ब्याट्री बढि प्रयोग गर्ने एपहरु पनि एकैसाथ रिफ्रेस हुन्छ। सम्पूर्ण ब्याक ग्राउनड र्याम ब्याट्री स्टोरेज लाई रिफ्रेस गरि राख्दा फोनको प्रफोमेन्श राम्रो हुन्छ।

Setting > battery and device > optimize now 

Leave a Reply

Your email address will not be published. Required fields are marked *