स्मार्टफोनको क्यामेरा गुणस्तर सुधार गर्ने 6 तरिकाहरु

केहि बर्ष अगाडि सम्म फोटो खिच्नको लागि फोटो स्टुडियोमा जानु पर्थो।  या महङ्गो मूल्यमा डिजिटल क्यामेरा वा रिलवाला क्यामेरा खरिद गरि फोटो खिच्न पर्थो। तर टेक्नोलोजी विकास सङ्गै यस किसिमको समस्याबाट मानिसहरू मुक्त भएका छन । किनकि आजभोलि हरेक ब्यक्तिको हातमा पकेट क्यामेरा हुन्छ। भन्नुको मतलब हरेक ब्यक्ति सङ्ग स्मार्टफोन हुन्छ।स्मार्टफोनमा नै हाई रेजुलेशन हाई मेगाफिक्सेलको क्यामेरामा जडान गरिएको हुन्छ।अहिले बजारमा उपलब्ध भएका फ्लैगशिप स्मार्टफोनको क्यामेरा फिचर्स केहि बर्ष अगाडि सम्म डिजिटल क्यामेरामा समेत उपलब्ध थिएन। मानिसहरू सङ्ग उच्च प्राविधि युक्त  क्यामेरा हुँदा हुँदै पनि आफुले चाहे जस्तो फोटो खिच्न सक्दैन। कसरी आफुले चाहे जस्तो फोटो खिच्न सकिन्छ।  यस बारेमा आफुले जानेको टिप्स दिनेछु। यसको लागि यो आर्टिकल अन्त्य सम्म पढ्नु होला। आर्टिकल मनपर्यो भने शेयर पनि गरिदिनु होला।

 क्यामेरा फिचर्स बारे जानकारी लिने

कुनै पनि काम गर्नु पुर्ब काम गर्ने सामग्री बारे जानकारी हुन जरुरी भए जस्तै  राम्रो फोटो खिच्न आफुले प्रयोग गरेको स्मार्टफोनको क्यामेरा फिचर्स बारे थाहा पाउनुपर्छ। राम्रो क्वालिटीको फोटो खिच्न क्यामेरा फिचर्स बारे ज्ञान हुनुपर्छ। यसको लागि क्यामेरा य्जर गाइड पढ्न सकिन्छ। युटुब भिडियो वा गुगल सर्चमा आफु सङ्ग भएको स्मार्टफोन क्यामेरा सेटिङ बारे सर्च गरेर पनि थाहा पाउन सकिन्छ। क्यामेरा फिचर्स बारेमा सामान्य ज्ञान हुने ब्यक्तिले  राम्रो फोटो सुट गर्न सक्छन। किनकि उनीहरूलाई कुन बेला कस्तो फिचर्स  प्रयोग गर्ने थाहा हुन्छ।

रेगुलर क्यामेरा लेन्स सफा गर्ने

सिसा लगाएको झ्याल देखि बाहिरको दृष्य राम्रोसँग देखिएको छैन भने झ्यालको सिसा सफा गर्नु पर्छ। यसरी नै स्मार्टफोनमा रहेको क्यामेराले राम्रो फोटो सुट गरेको छैन भने लेन्समा  टासिएको धुलो मैलो सफा गर्नुपर्छ। अनि मात्र  राम्रो क्वालिटीको फोटो खिच्न सकिन्छ। धुलो मैलो टासिएको अवस्थामा  वस्तुबाट आएको प्रकाश लेन्सको  भित्र जान पाउदैन जसका कारण फोटो धमिलो आउछ। क्यामेरा लेन्स सफा गर्दा एकदम ध्यान पूर्वक सफा गर्नु पर्छ। लेन्स सफा गर्दा सिसामा  स्कयाच नहुने गरि सफा गर्नुपर्छ।लेन्स सफा गर्नको लागि चस्मा सफा गर्दा प्रयोग गरिने कपडा पनि प्रयोग गर्न सकिन्छ। वा सफा नरम फाइवर कपडा सफा गर्नुपर्छ।

थड् पार्टी एपहरु प्रयोग गर्ने

फ्लैगशिप स्मार्टफोनहरुमा नयाँ नयाँ क्यामेरा फिचर्स कारण मानिसहरू थड् पार्टी एप प्रयोग गर्न मन पराउदैन। तर मिड-रेन्ज र लो-रेन्ज स्मार्टफोनमा फ्लैगशिप फोनहरुमा जस्तो क्यामेरा फिचर्सहरु हुदैन।यस्तो अवस्थामा तपाईँहरू थड् पार्टी क्यामेरा एपहरु प्रयोग गर्न सक्नुहुन्छ। जस्तै गुगल क्यामेरा, ओपन क्यामेरा,क्यानडी क्यामेरा आदि एप देखि आफुले चाहे जस्तो फोटो खिच्न सक्नुहुन्छ। यसका साथै फ्लैगशिप फोनमा नभएका फिचर्सहरु थड् पार्टी एपमा पनि हुनसक्छ। त्यसैले फ्लैगशिप फोन प्रयोगकर्ताले पनि थड् पार्टी एप प्रयोग गरि चाहे जस्तो फोटो खिच्न सक्नुहुन्छ।

सहि क्यामेरा प्रयोग गर्ने

कुनै पनि काम सुरु गर्नु अगाडि कुन चिज कति बेला र कहा प्रयोग गर्ने थाहा हुनुपर्छ। सहि चिजको सहि ठाउँमा प्रयोग गर्दा मात्र राम्रो परिणाम पाउन सकिन्छ। त्यसैले स्मार्टफोन देखि फोटो खिच्दा कुन क्यामेरा कति बेला प्रयोग गर्ने र कुन फिचर्स अन गर्दा कस्तो फोटो खिच्न सकिन्छ थाहा हुनुपर्छ। आज भोलिका स्मार्टफोनमा ब्याक क्यामेरा र सेल्फि क्यामेरा हुन्छ। ब्याक क्यामेरामा रहेको अल्ट्रा वाइड एङगल लेन्सले लैंडस्केप फोटो खिच्न मद्दत गरे जस्तै अन्य लेन्स हरूले कुन किसिमको फोटो खिच्न मद्दत गर्छ। यस बारे सामान्य ज्ञान हुनुपर्छ अनि मात्र राम्रो फोटो खिच्न सकिन्छ।

वेटर लाइट व्यवस्थापन गर्ने

उच्च क्वालिटी फोटो सुट गर्न को लागि राम्रो लाइट व्यवस्थापन हुन्छ पर्छ। यदि तपाईँहरू इन डोर फोटो सुट गर्दै हुनुहुन्छ भने बत्ती वा बल्बहरुसङ्गै कृत्रिम प्रकाश व्यवस्थापन गर्नुपर्छ। आउट डोर फोटो सुट गर्दै हुनुहुन्छ भने डिरेक्ट सनलाइट क्यामेरा लेन्समा नपर्ने तरिका व्यवस्थापन गर्नुपर्छ किनकि डिरेक्ट सनलाइट लेन्समा परेको अवस्थामा फोटो आवश्यकता भन्दा बढि चम्किलो देखिन्छ।त्यसैले वेटर क्वालिटी फोटोको लागि क्यामेरा जति नै राम्रो क्वालिटीको भए पनि लाइट व्यवस्थापन राम्रोसँग गरिएको छैन भने राम्रो क्वालिटी फोटो सुट गर्न सकिदैन।

फोटो इडिट गर्ने

फोटोलाई  हाई क्वालिटीको बनाउने अन्तिम अस्त्र भनेको फोटो इडिटिङ हो। इन्टरनेटमा विभिन्न प्रकारका फोटो इडिटिङ एप तथा वेबसाइटहरू छन। कुनै एप सितैमा प्रयोग गर्न सकिन्छ कुनै एप शुल्क तिरेर मात्र प्रयोग गर्न सकिन्छ। जस्तै क्यान्भा,फोटोसप,फोटो मेकर, आदि एप देखि फोटो इडिट गर्न सकिन्छ। फोटो इडिटिङ समन्धित सामान्य ज्ञान हुने ब्यक्तिले अझ फोटोलाई राम्रोसँग इडिट गरि आफुले चाहे जस्तो फोटो बनाउन सक्छ।

Leave a Comment