अनलाइन भुक्तानी प्रणालीलाई सुरक्षित राख्ने 5 तरिकाहरु

अनलाइन भुक्तानी प्रणाली मजबुत बनाउनको लागि विश्वभरका एप्स सुरक्षा विकासकर्ता, आईटी इन्जिनियर हरु काम गरि रहेका छन। तिनीहरूको मुख्य लक्ष्य कसरी अनलाइन भुक्तानी प्रणालीलाई ह्याकिङ, मालवेयर, भाइरसबाट पूर्ण रूपमा सुरक्षित गर्ने हो। अनलाइन भुक्तानी प्रणालीको प्रयोग विश्वम्भर जुनरुपमा वृद्धि भइरहेको छ त्यस अनुरूप नेपालमा पनि अनलाइन भुक्तानी प्रयोगकर्ताको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। कोरोना महामारीको समयमा धेरै मानिसहरूलाई अनलाइन भुक्तानी प्रणाली  बारे थाहा पाएका थिए त्यस पश्चताप मानिसहरू निरन्तर रुपमा अनलाइन भुक्तानी प्रयोग गरिरहेका छन।

अनलाइन भुक्तानी वालेटको पासवर्ड शेयर नगर्ने

वालेट तथा विभिन्न बैङ्कहरूको अनलाइन बैंकिङमा प्रयोगकर्ताहरूले आफु अनुकूल पासवर्ड, पिन नम्बर सेट गरेका हुन्छन। यसरी सेट गरेको अनलाइन बैंकिङ तथा डिजिटल वालेटको पासवर्ड अरु कसैलाई पनि शेयर गर्नु हुँदैन। विभिन्न अनुसन्धान बाट अनलाइन कारोबार गर्दा प्रयोगकर्ताले आफुले विश्वास गरेको ब्यक्तिलाइ आफ्नो बैंक तथा वालेट पासवर्ड दिने गरेको पाइएको छ। यसरी पासवर्ड दिदा नराम्रो ब्यक्तिको हातमा परेको अवस्थामा तपाईँहरूले खातामा रहेको सम्पूर्ण रकम गुमाउन सक्नुहुन्छ। त्यसैले आफ्नो पासवर्ड पिन नम्बर अरु कसैलाई पनि शेयर नगर्नु होला।

फरक फरक डिभाइस देखि अनलाइन भुक्तानी प्रणाली लग – इन नगर्ने

अनलाइन कारोबार सुरक्षालाइ मजबुत बनाउनको लागि फरक फरक डिभाइसमा अनलाइन बैंकिङ तथा डिजिटल वालेटको एप र वेबसाइटमा आफ्नो खाता लग – इन गर्नु हुदैन। आफ्नो इन्टरनेट बैंकिङ तथा डिजिटल वालेट अन्य दोस्रो तेस्रो ब्यक्तिको डिभाइस देखि कारोबार गर्दा पासवर्ड तथा पिन नम्बर अटो सेभ हुनसक्छ। यसरी सेभ भएको पासवर्ड गलत ब्यक्तिको हातमा परेको अबस्थामा अनलाइन भुक्तानी प्रणाली ह्याक हुनसक्छ ।

अनावश्यक लिङ्क क्लिक नगर्ने

अनलाइन भुक्तानी प्रणालीमा विभिन्न समूह ब्यक्तिले फेसबुक ट्विटर, मेसेन्जर, व्हाट्सएप जस्ता सामाजिक सञ्जाल तथा म्यासेजीङ् एपका माध्यमबाट प्रयोगकर्तालाई म्यासेज, वेब लिङ्क पठाउने गर्छन। यसरी पठाएको इमेल,  म्यासेज, पोस्टहरूमा विभिन्न किसिम प्रलोभन देखाइन्छ। जस्तै: तपाईँले यो लिङ्कमा क्लिक गरि 50000 जित्नु सक्नुहुन्छ। आफ्नो डिजिटल वालेटको पासवर्ड परिवर्तन गर्नुहोस। जित्नु भएको रकम प्राप्त गर्न आफ्नो बैंक विवरण पठाउनुहोस् भनि म्यासेज गर्छन। यसरी पठाइएको वेब लिङ्कमा क्लिक गर्दा दुई किसिमको असर देखिन सक्छ।

  1. अनावश्यक लिङ्क क्लिक गर्दा प्रयोगकर्ताको डिभाइसमा भाइरस, मालवेयर जाने सम्भावना हुन्छ जसले गर्दा डिभाइसमा रहेको अनलाइन भुक्तानी प्रणालीलाई ह्याक हुनसक्छ।
  2. प्रयोगकर्ताले क्लिक गरेको ल्यानडिङ् पेजमा कुनै ब्यक्तिगत विवरण नाम ठेगाना ,बैंक विवरण भर्नु भएको अबस्थामा सम्पूर्ण विवरण दोस्रो पक्षको हातमा पर्नसक्छ जसका कारण प्रयोगकर्ताको अनलाइन भुक्तानी प्रणाली ह्याक हुनसक्छ।

त्यसैले अनाधिकृत रुपमा प्राप्त भएका म्यासेज, ईमेल, पोस्टमा  क्लिक नगर्नुहोस्।

सार्वजनिक वाइफाइ देखि अनलाइन कारोबार नगर्ने

सार्वजनिक स्थानमा सर्वसाधारणका लागि विभिन्न दूरसंचार कम्पनी सङ्घ संस्थाहरूले सार्वजनिक वाइवाइको सेवा दिइरहेका हुन्छन । यसरी सर्वसाधारणका लागि उपलब्ध गराइएका सार्वजनिक वाइवाई देखि अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्दा सावधानी अपनाउन पर्छ  किनकि सार्वजनिक वाइवाई एउटै इन्टरनेट कनेक्कशनमा धेरै ब्यक्तिहरु कनेक्ट हुने भएकाले अनलाइन बैंकिङ तथा डिजिटल वालेट कम प्रयोग  गर्नुपर्छ।

बलियो पासवर्ड प्रयोग गर्नुहोस्

अनलाइन भुक्तानी सुरक्षाको महत्वपूर्ण भाग मध्ये पासवर्ड पनि पर्दछ । हरेक ऑनलाइन खाताहरूमा पासवर्ड प्रयोग गरिएको हुन्छ ।यसरी प्रयोग गरिने पासवर्ड सामान्य शब्द, नम्बरबाट बनाइएको छ भने त्यस किसिमको पासवर्ड साइबर अपराधहरूले सजिलोसँग पत्ता लगाउन सक्छन। त्यसैले अनलाइन बैंकिङ तथा डिजिटल वालेटमा पासवर्ड सेट गर्दा निम्न कुराको ख्याल राख्नुपर्छ।

  1. आफ्नो मान्छेको नाम,फोन,जन्ममिति पासवर्डमा प्रयोग नगर्ने
  2. सामान्य शब्दहरू प्रयोग नगर्ने
  3. अपरकेस लोअरकेस, symbol , नम्बर,  शब्द प्रयोग गर्ने
  4. पासवर्ड न्यूनतम 15 शब्द प्रयोग गर्ने

Leave a Comment