negative effects of social media

सामाजिक सञ्जाल अर्थात Social media हरेक मानिसहरुको मन मस्तिक बस्न सफल भएको शब्द हो। जसरी आधुनिक दुनियाँमा विज्ञान र प्रविधिले एकपछि एक सफलता हासिल गर्दै आएको छ। त्यस अनुरूप सामाजिक सञ्जालले पनि विश्वभरि बसोवास गर्ने मानिसहरूलाई आफुतर्फ ध्यान केन्द्रित गर्न सफल भएको छ। हरेक 1सेकेन्डमा 13 जना मानिसहरू सामाजिक सञ्जालमा नयाँ प्रयोगकर्ताको रुपमा जोडिरहेका छन।

2022 January अन्त्य सम्म विश्वभरि 4अरब 55करोड मानिसहरूले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन जुन विश्वमा बसोवास गर्ने मानिसहरूको 59.6% हो। Facebook,twitter,Youtube,Tiktok जस्ता सामाजिक सञ्जालमा मानिसहरूले असत् 4-5 घन्टा प्रयोग गरिरहेका छन।सञ्जाल विस्तार पछि मानिसहरुको जीवन यापन गर्ने दुइटा पाटाहरु छन ति दुईटा पाटाहरु मध्ये एकहो आफ्नो वास्तविक जीवनयापन र अर्को सामाजिक सञ्जाल भित्र हुने जीवन शैली ।

आधुनिक संसारमा मानिसहरू वास्तविक जीवनलाई बिर्सेर देखावटी जीवन बिताउन लालायित छन। सामाजिक सञ्जाल मानिसहरू बिच एक अर्कासँग समन्वय कायम गराउन महत्वपूर्ण भूमिका खेलेको छ। अर्कोतर्फ विभिन्न प्रयोगकर्ताले सामाजिक सञ्जाललाई आफ्नो पेसाको रुपमा काम गरि पैसापनि आर्जन गरिरहेका छन। सामाजिक सञ्जालमा रहेका नकारात्मक पक्ष बारे जानकारी दिनेछु।

शारीरिक समस्या

लामो समयसम्म सामाजिक सञ्जाल प्रयोग गर्दा मानिसहरूमा मुख्य रुपले आँखा लगायत शारीरिकका अन्य भागमा असर गर्छ। सामाजिक सञ्जाल मोबाइल, कम्प्युटर जस्ता इलेक्ट्रोनिक डिभाइसमा इन्टरनेट प्रयोग गरि चलाइनेछ जसले गर्दा मोबाइल तथा कम्प्युटर स्किनमा लामो समयसम्म आँखालाई केन्द्रित गर्नुपर्छ साथै ति डिभाइसबाट आउने विभिन्न प्रकारका हनिकारक प्रकाशले हाम्रो आँखाको रेटिनालाई बिस्तारै बिस्तारै असर गर्दै जान्छ। जसका कारण आखा चिलाउने  दुख्ने आँखाबाट आँसु  आइरहने समस्या देखिन्छ। लामो समय सम्म  एकै पोजमा रहेर सामाजिक सञ्जाल प्रयोग गर्दा गर्दन दुख्ने  शारीरिक व्यायाम कम हुनाले विभिन्न किसिमका समस्याले सताउँछ।

साइबर बुलिङ

समाजमा दिनहु घटिरहने अपराधीक गतिविधिलाई सामाजिक सञ्जालले केही मात्रमा मलजल गरिरहेको छ। सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म प्रयोग गरि मानिसहरूको इच्छा विपरीत सन्देशहरू पठाउने उनीहरुका पोस्टमा टिप्पणीहरू गर्ने ब्ल्याकमेलिङ  गर्ने गतिविधि हुन्छ। विभिन्न मानिसका नक्कली आईडि बनाएर समाजलाई पचाउन गाह्रो हुने क्रियाकलाप बनाई सम्बन्धित व्यक्तिलाई बदनाम गराउने उसको चरित्रहत्या हुने काम समेत सामाजिक सञ्जालबाट हुने गरेको छ।

मानसिक तनाव

आधुनिक जीवनमा धेरै मानिसहरूलाई  मानसिक तनावले सताउने गरेको छ आफ्नो घरायसी काम होस् या अन्य कामले यो सङ्गै धेरै मानिसहरूलाई  सामाजिक सञ्जाल भित्र हुने क्रियाकलापले थप मानसिक तनाव उत्पन्न हुने  बारे विभिन्न अनुसन्धानका रिपोर्टले बताउने गरेको छ। आफ्नो इच्छा विपरीत अपरिचित प्रयोगकर्ता द्वारा सन्देश प्रवाह गर्ने पोस्टहरूमा विभिन्न उच्छृंखल शब्द प्रयोग गरि टिप्पणी गर्दो सामाजिक सञ्जाल प्रयोगकर्तालाई मानसिक तनाव हुनेगर्दछ।लामो समयसम्म सामाजिक सञ्जाल प्रयोग गर्दो निद्रामा कमी आउने समयमा सुत्न नसक्ने साथै विहान उठ्न साथ सामाजिक सञ्जाल प्रयोग मन लाग्ने यस किसिमका दिनचर्याले मानिसहरूलाई विस्तारै मानसिक तनावमा वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *