What is NFT

विश्वमा उच्चतम गतिको इन्टरनेट विकास सँगै दुनियाँ नया युगमा प्रवेश गरेको छ।जुन गतिमा इन्टरनेटको विकास भइरहेको छ त्यस अनुसार सन्सार पनि आफूलाई डिजिटलाइजेशन बनाउने कोसिस गरिरहेको छ।यस अनुरूप अफ्लाइन व्यापारहरु अनलाइनमा शिफ्ट भइरहेका छन। डिजिटल प्लेटफर्म प्रति आम मानिसहरुको आकर्षण बढ्दै क्रममा छ फलस्वरुप मानिसहरू डिजिटल मुद्रा, सामाजिक सञ्जाल ,NFT हरुमा काम गरिरहेका छन। केही समय देखि NFT चर्चामा रहेको छ धेरै मानिसहरू NFT बारे जानकारी लिन चाहन्छन् । NFT भनेको के हो? What Is NFT? यसले कसरी काम गर्छ। के हामी पनि NFT देखि पैसा कमाउन सक्छौ। यस बारेमा सम्पूर्ण जानकारी दिनेछु।

What Is NFT

NFT के हो (What Is NFT)

NFT को पुरा रुप  Non-fungible token हो यसलाई नेपालीमा अनुकरणीय सम्पत्ति पनि भन्न सकिन्छ। Non-fungible token थाहा पाउनु पुर्ब fungible token बारे थाहा पाउनुभयो भने तपाईँहरूलाई NFT के हो भनि बुझ्न सजिलो हुनेछ। fungible token भन्नाले exchange गर्न मिल्ने र trade पनि गर्न मिल्ने क्रिप्तोकरेंसी real money लाई भन्न सकिन्छ। Non fungible token भन्नाले  एक आपसमा exchanges गर्न नमिल्ने तर किन्नबेच गर्न मिल्ने डिजिटल सम्पत्ति वा डाटालाई सम्झिन सकिन्छ। कुनै पनि डिजिटल सम्पत्तिलाई ब्लकचेन टेक्नोलोजीमा रेकर्ड गराइ युनिक सम्पत्तिको रुपमा परिवर्तित ( art gift,sports highlights,virtual avatar,game skin,music) डिजिटल सम्पत्तिलाई NFT भनिन्छ।कुनै पनि डिजिटल सम्पत्तिलाई NFT मा रूपान्तर गर्दा ब्लकचेन कम्पनीलाई केहि शुल्क भुक्तान गरि NFTS बनाउन सकिन्छ। नया पुस्ताको NFT मा लगाव बढ्नुको मुख्य कारण क्रिप्तोकरेंसी र सामाजिक संजालको मिश्रणले गर्दा हो किनकि NFT कारोबार क्रिप्तोकरेंसीमा मात्र हुन्छ।

NFT को इतिहास (History Of NFT)

Non- fungible token को इतिहास धेरै लामो छैन यो बिलकुलै नया Crypto हो। 2008 मा Bitcoin ब्लकचेन टेक्नोलोजीको विकास भएसङ्गै NFT पनि पहिलो पटक 2014 मा Kevin Mccoy ले सिर्जना गरेका थिए। Nft बनाउने क्रममा बिलकुलै नया किसिमको समस्या उत्पन्न भएको थियो। Ethereum ब्लकचेन टेक्नोलोजीमा स्टोर गर्न चाहेको इमेज क्षमताका कारण स्टोर गर्न सकिएको थिएन पछि विज्ञहरूको सुझाव अनुसार ब्लकचेनमा ओर्जिनल इमेज स्टोर नगरि ओर्जिनल इमेज पहिचानको लागि unique code मात्र स्टोर गरि ओर्जिनल इमेजलाइ ipls server मा स्टोर गरि पहिलो पटक NFT निर्माण गराएको थियो। 2014 मा Ethereum ब्लकचेनको सुरुवात हुनु र 2015 मा Ethereum प्लेटफर्म आम प्रयोगकर्ताको पहुँचमा पुग्नु नै NFT नयाँ युगमा प्रवेश गरको भन्नसकिन्छ। NFT नया युगमा प्रवेश सङ्गै 2017-2018 मा ब्लकचेनमा आधारित भर्चुअल गेम् डिजिटल प्लेटफर्म रिलीज भएका थिए। 2018-2020 को बीचमा Ethereum मा आधारित NFT गेमिङ प्लेटफर्म हरूको उदय भए सङ्गै 2021 मा  Cardono,Solana,Tezos,flow जस्ता ब्लकचेन कम्पनीहरूले पनि NFT मा काम गर्न सुरु गरेका थिए। 2022 को सुरुवात सङ्गै NFT को कारोबार बढिरहेको छ।

NFT देखि कसरी पैसा कमाउने (How To Make Money With NFT)

NFT (Non-fungible token) देखि छोटो समयमा नै धेरै मानिसहरूले करोडै डलर कमाउन सफल भएका छन सुन्दा अचम्म लाग्न सक्छ। यदि तपाईहरु पनि NFT देखि करोडै डलर कमाउन चाहनुहुन्छ भने सुरुमा क्रिप्तोकरेंसी वालेट बनाउनुहोस् (coinbase,Exodus) उक्त wallet मा केही रकम Ethereum जम्मा गर्नुहोस किनकि Ethereum NFT कारोबारमा सबैभन्दा धेरै प्रयोग हुने क्रिप्तोकरेंसी हो। वालेट बनाइसके पछि NFT Marketplace  (Open sea, Axie) मा Account create गर्नु होस। अब NFT Marketplace मा आफ्नो क्रिप्तोकरेंसी वालेट कनेक्ट गर्नुहोस।  NFT Marketplace देखि NFT खरिद गरि बिक्री गर्नसक्नु हुनेछ। आफूसँग भएको Skills प्रयोग गरि डिजिटल सम्पत्ति (Music, art, video game skin,images) बताउनुहोस् र उक्त डिजिटल सम्पत्तिलाई NFT Marketplace (Open sea, Axie) मा केही शुल्क तिरी NFTS मा रूपान्तर गर्नुहोस। अब आफ्नो NFTS लाई लिलामी सूचीमा राखि बेच्न सक्नुहुनेछ। आफुले बनाएको डिजिटल सम्पत्तिलाई Freelance website हरु देखि पनि बेच्न सकिन्छ।  माथि बताएसरी  तपाईँहरू पनि NFTS कारोबार गरि पैसा कमाउन सक्नुहुनेछ।

Also read: फेसबुकका केहि महत्वपूर्ण सेटिङ जसले अकाउन्ट् ह्याक हुनबाट जोगाउने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *