आजकल धेरै मानिसहरूले आफ्नो घर अफिस पसलमा इन्टरनेट जडान गरेका हुन्छन। जडान गरेको इन्टरनेट वाइफाइ राउटर मार्फत मोबाइल,कम्प्युटर, ल्यापटप जस्ता डिभाइसमा कनेक्ट गर्छन। मोबाइल,कम्प्युटर, ल्यापटपहरमा पहिले कनेक्ट गरेको वाइफाइ अटोमेटिक कनेक्ट हुने गर्छ। अटोमेटिक वाइफाइ कनेक्ट हुने फिचर्सका कारण मानिसहरूलाई बारम्बार वाइफाइको पासवर्ड टाइप गरिराख्नु पर्दैन। अटोमेटिक कनेक्ट हुने फिचर्सका कारण एक पटक टाइप गरेको वाइफाइ पासवर्ड टाइप नगर्दा लामो समय पछि बिर्सिन पनि सक्छन। र अर्को कुरा वाइफाइको पासवर्ड सम्झिराख्न पनि गाह्रो हुन्छ।
के तपाईँहरूलाई पनि यस किसिमको समस्याले वेला बखतमा आइपर्न सक्छ अथवा कसैलाई यो समस्याबाट तनाव पनि हुनसक्छ। किनकि वाइवाई पासवर्ड रिसेट गर्न आफुले जडान गरेको इन्टरनेट अफिसमा फोन गरि रिसेट गर्नुपर्छ। यस किसिमको झन्झट नगरी आफैले पनि बिर्सेको वाइफाइ पासवर्ड थाहा पाउन सकिन्छ। यसको लागि यो आर्टिकल अन्त्य सम्म पढ्नु होला। यदि तपाईँहरूलाई यो आर्टिकलको जानकारीले वाइफाइ पासवर्ड थाहा पाउन मद्दत गरेको छ भने अन्य ब्यक्तिहरु लाई पनि शेयर गरिदिनु होला।
यो तरिकाले कुन कुन अवस्थामा पूर्ण रूपमा काम गर्छ
हरेक समस्याको समाधान निकाल्नु पुर्ब त्यसको केही निश्चित मापदण्ड भए जस्तै बिर्सेको वाइफाइ पासवर्ड थाहा पाउन पनि निश्चित मापदण्डको पालना गर्नुपर्छ। तपाईँहरू सङ्ग एन्ड्रोइड स्मार्टफोन हुनु पर्दछ किनकि यो तरिकाले केबल एन्ड्रोइड स्मार्टफोनमा मात्र काम गर्छ।र अर्का कुरा जुन वाइफाइको पासवर्ड थाहा पाउन चाहनुहुन्छ। उक्त वाइफाइ तपाईँहरूको स्मार्टफोनमा कनेक्ट हुनुपर्छ। मथि दिएको मापदण्ड पुरा भएको अवस्थामा मात्र बिर्सेको वाइफाइ पासवर्ड थाहा पाउन सकिन्छ।
फस्ट स्टेप
- आफ्नो स्मार्टफोनको वाइफाइ अन गर्ने
- पासवर्ड थाहा पाउन चाहेको वाइफाइ कनेक्ट गर्ने
- कनेक्ट भएको वाइफाइको साइडमा रहेको सेटिङमा क्लिक गर्ने

सेकेन्ड स्टेप
- कनेक्ट भएको वाइफाइ सेटिङ पेज खुलिसके पछि
- सेटिङ तल वाया तर्फ रहेको QR CODE मा क्लिक गर्ने
- QR CODE पेज खोलि सकेपछि
- QR CODE लाई सेभ अथवा स्क्रीनसट् लिने


थड् स्टेप
- गुगल प्ले स्टोर खल्ने
- सर्च बार QR CODE SCANNER टाइप गरि सर्च गर्ने
- अब विभिन्न QR CODE SCANNER एपहरु तपाईँहरूको स्क्रीनमा देखिने छन
- कुनै पनि QR CODE SCANNER लाई डाउनलोड गरि इन्टरनेट इन्स्टल गर्ने

फोर्थ स्टेप
- अब QR CODE SCANNER खोल्ने
- वाइफाइ सेटिङबाट लिएको QR CODE लाई सेलेक्ट गर्ने
- अब तपाईँहरूले बिर्सेको वाइफाइ पासवर्ड स्क्रीनमा देखिनेछ

माथि उल्लेख गरे अनुसार आफ्नो स्मार्टफोनबाट स्टेप फ्लो गर्नु भयो भने बिर्सेको वाइफाइ पासवर्ड थाहा पाउन सकिन्छ।