एन्ड्रोइड ब्राउजरहरूमा कुकिजहरू कसरी डिलेट गर्ने

मोबाइल, ल्यापटप, कम्प्युटर देखि वेबसाइट चलाउने मानिसहरूले कुकिज शब्द सुन्नु भएको छ होला। विभिन्न  वेबसाइट खोल्दा उक्त वेबसाइटको कुकिज स्वीकार वा अस्वीकार गर्नुहोस भन्ने नोटिफिकेशन देखा पर्छ।  कुनै वेबसाइटमा अनिवार्य कुकिज स्वीकार गर्नुपर्छ कुनैमा पर्दैन।  किन हामीले मोबाइल, ल्यापटप, कम्प्युटर देखि वेबसाइट चलाउदा कुकिज शब्द हाम्रो डिभाइसमा देखा पर्छ। कुकिजले के काम गर्छ। कुकिजले हाम्रो डिभाइसलाइ कस्तो हानिनोक्सान पुर्‍याउँछ। यसबारे यो आर्टिकल देखि जानकारी दिने छु यसको लागि यो आर्टिकल पुरा पढ्नु होला। मन पर्यो भने शेयर पनि गरिदिनु होला।

What is cookies

कुकिज एक प्रकारको text file हो। कुकिजलाई ब्राउजरले अटोमेटिक क्रियेट गर्छ यस भित्र भिजिटरको आइडि, पासवर्ड,नाम, ठेगाना आदि जानकारी ब्राउजर डेटामा सेभ हुन्छ। प्रयोगकर्ताले कुनै वेबसाइट चलाउदा उक्त वेबसाइटले प्रयोगकर्ताले प्रयोग गरिरहेको ब्राउजरमा कुकिज क्रियेटको लागि नोटिफिकेशन पठाउँछ यसरी कुकिज क्रियेट हुन्छ। कुकिजलाई वेव कुकिज, इन्टरनेट कुकिज, ब्राउजर कुकिज र HTTP कुकीज पनि भनिन्छ। वेबसाइटका लागि ब्राउजरमा सेभ गरेको कुकिजले वेबसाइट भिजिटरको बानी व्यवहार बारे जानकारी दिन्छ।  वेबसाइट चलाउदा  कुकिज अस्वीकार गरेको अवस्थामा उक्त वेबसाइटको पूर्ण पहुँच बाट बन्देज हुन्छ। आज भोलि धेरै वेबसाइटहरुले कुकिज इनएवल गरेका हुन्छन। अझ ठूला वेबसाइट जस्तै फेसबुक, ट्विटर इन्स्ताग्राम हरुले अटोमेटिक कुकिज मार्फत हाम्रो जानकारी सङ्कलन गर्छन।

Why cookies are important

वेबसाइट कम्पनीहरूलाई कुकिज महत्वपूर्ण हुनुको मुख्य कारण कुकिजले मात्र उनीहरूलाई वेबसाइट भिजिटरको behavior, Location, interest आदि जानकारी गराउछ। उनीहरूले सङ्कलन गरेको जानकारी अनुसार  Advertise content देखाउन मद्दत गर्नुका साथै भिजिटर पहिलो पटक आएको कि पहिले पनि आइसकेको  थियो थाहा पाउन  मद्दत गर्छ। सपिङ कम्पनीहरूलाई कुकिजले आफ्नो ग्राहक  यो भन्दा अगाडि कुन कुन पेजमा भिजिट गरेको थियो कुन सामान खरिद गरेको थियो र उनीहरूको  interest अनुसारको सामानहरु  देखाउन मद्दत गर्छ। कुकिज वेबसाइटको लागि  मात्र महत्वपूर्ण  होइन भिजिटर हरूको लागि पनि महत्वपूर्ण हुन्छ।कुकिज मार्फत युजरले वेबसाइट लग इन गर्दा वा अन्य जानकारी बारम्बार फिल अप गर्नु पर्दैन किनकि युजरको जानकारी भिजिट गरेको वेबसाइटमा पहिले देखि नै सेभ हुन्छ। कुकिजका कारण समयको पनि बचत हुनुका साथै इन्टरनेट डाटा पनि कम प्रयोग हुन्छ र वेबसाइट पनि  छिटो खुल्छ।

 why should you clear cookies

हरेक चिजको फाइदा वेफाइदा दुवै भए जस्तै ब्राउजर कुकिजको पनि फाइदा वेफाइदा दुवै छन्। प्रयोगकर्ताले विभिन्न ब्राउजर देखि फरक फरक वेबसाइट हरु चलाउँछन् हरेक वेबसाइटले आफ्नो कुकिज ब्राउजरमा स्टोर गरि राखेका हुन्छन। यसरी  लामो समयसम्म धेरै वेबसाइटका कुकिज  ब्राउजरमा सेभ गरि राख्दा तपाईँहरूको ब्राउजरको स्पिडमा कमि आउनुका साथै डिभाइसको स्टोरेजमा पनि कमि आउछ। समय समयमा कुकिज किलियर गर्दा थड् पार्टी कुकिज पनि किलियर हुन्छ। थड् पार्टी कुकिज प्रयोग गरिएका वेबसाइट हरूले भिजिटरको ब्यक्तिगत जानकारीको गलत प्रयोग गर्न सक्छन्। त्यसैले 6-6 महिनामा  कुकिज किलियर गर्नुपर्छ।

महत्वपूर्ण जानकारी

वेबसाइट प्रयोगकर्ताको आइडि/पासवर्ड लगायत अन्य जानकारी ब्राउजर कुकिजमा सेभ हुन्छ। त्यसैले कुकिज किलियर गर्नु भन्दा अगाडि आवश्यक पर्ने id/pw अन्यत्र सेभ गरेर मात्र किलियर गर्नु होला।

How to clear cookies in chrome 

  • आफ्नो स्मार्टफोनमा रहेको क्रोम ब्राउजर खोल्नुहोस 
  • क्रोम ब्राउजरको राइट साइडमा रहेको तिन ओटा थाप्लामा क्लिक गर्नुहोस
  • सेटिङ पेज खोल्नुहोस 
  • Privacy and security पेज खोल्नुहोस 
  • Privacy and security पेजको टपमा रहेको cleaning browser data पेज खोल्नुहोस 
  • cleaning browser data पेजमा रहेको cookies and site dataमा क्लिक गर्नुहोस 
  • पुछारमा रहेको किलियर कुकिजमा क्लिक गरि सम्पूर्ण कुकिज किलियर गर्न सक्नुहुन्छ

How to clear cookies in opera

  • ओपेरा ब्राउजर खोल्नुहोस 
  • दायाँतर्फ रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस 
  • सेटिङ पेज खोल्नुहोस 
  • Privacy पेज खोल्नुहोस 
  • Privacy पेजको अन्तिममा रहेको किलियर डाटामा क्लिक गर्नुहोस 
  • किलियर डाटा पेजमा रहेको कुकिज एन्ड साइट डाटामा क्लिक गर्नुहोस 
  • तल रहेको किलियर डाटामा क्लिक गरि सम्पूर्ण कुकिज डिलेट गर्न सक्नुहुन्छ

How to clear cookies in Firefox 

  • फायरफक्स ब्राउजर खोल्नुहोस 
  • तल दायाँतर्फ तर्फ रहेको तिन थोप्लामा क्लिक गर्नुहोस 
  • सेटिङमा क्लिक गर्नुहोस 
  • सेटिङ पेजमा रहेको Delete browsing data खोल्नुहोस 
  • Delete browsing data पेजमा रहेको कुकिज क्लिक गर्नुहोस 
  • तल रहेको Delete browsing data मा क्लिक गरि सम्पूर्ण कुकिज डिलेट गर्नुहोस 

Leave a Comment