ईमेल शब्द धेरै मानिसहरूले सुन्नु भएको छ होला। इन्टरनेट र टेक्नोलोजीको विकास सङ्गै चिठी, टेलिग्राम, फ्याक्स जस्ता प्रविधिबाट सन्देश प्रवाहमा कमि आएको छ । आजकल मानिसहरु कम्प्युटर, ल्यापटप, मोबाइलमा इन्टरनेट प्रयोग गरि सन्देश पठाउने गर्छन। जसको मुख्य उदाहरण ईमेललाई लिन सकिन्छ। 21औ शताब्दीमा ईमेल अकाउंट प्रयोग नगर्ने मानिसहरूलाई आफ्नो दैनिक जीवनमा विभिन्न समस्या आउन सक्छ। किनकी Job, school, shopping देखि अन्य ठाउँमा ईमेल अकाउंट आवश्यक पर्छ। त्यसैले मानिसहरू आफ्नो व्यक्तिगत ईमेल अकाउंट बनाउन चाहन्छन।
ईमेल अकाउन्ट् बनाउने विभिन्न प्लेटफर्महरु भए पनि धेरै मानिसहरू जीमेलमा आफ्नो अकाउन्ट् बनाउँछन्। जीमेलमा अकाउन्ट् बनाउनुको मुख्य कारण यो ईमेल प्लेटफर्म गुगल कम्पनी द्वारा सञ्चालित प्लेटफर्म हुनुका विश्वसनीय पनि छ। यदि तपाईँहरू पनि आफ्नो ब्यक्तिगत Gmail id kasari banaune थाहा छैन भने यो आर्टिकलमा step by step ईमेल अकाउंट बनाउने सम्पूर्ण प्रकृया दिएको छ।
Gmail account बनाउने सजिलो तरिका (create new Gmail account in Nepali)
- आफ्नो डिभाइसमा रहेको ब्राउजर खोल्नुहोस।
- https://Gmail.com वा google.com मा create new Gmail account लेखि सर्च गर्नुहोस।
- अब तपाईँको स्क्रीन Gmail account सम्बन्धित सर्च result हरु देखिने छ।
- Create Gmail account लेखेको web link मा क्लिक गरि उक्त पेज खोल्नुहोस।

- Create Gmail account पेज खुलिसके पछि उक्त पेजमा लेखिएको सम्पूर्ण जानकारी राम्रोसँग पढ्नुहोस।
- अब create an account मा क्लिक गरि पेज खोल्नुहोस।

- अब आफ्नो नाम थर लेख्नुहोस्।
- Username लेख्नुहोस्
- Email address बनाउदा अन्य ईमेल प्लेटफर्मको ईमेल address छ भने प्रयोग गर्न सक्नुहुन्छ।
- पासवर्ड राख्दा पहिलो अक्षर Capital letter राख्नुपर्छ र अन्य अक्षर Small letter का साथै नम्बर र विशेष किसिम symbol पनि राख्नुपर्छ।
- पासवर्ड सेट गरिसके पछि Next मा क्लिक गर्नुहोस।

- आफ्नो फोन नम्बर राखि प्रमाणीकरण नम्बरको लागि अनुरोध गर्नुहोस्।

- तपाईको फोनमा आएको कोडलाई राखि भेरिफाई गर्नुहोस्।

- Account भेरिफाई भए पछि वेलकम गुगल भन्ने पेज खुल्छ।
- Recovery email address राख्नुहोस्।
- Google account वा Gmail account बनाउदा ध्यान दिनुपर्ने कुरा मध्ये रिकभरी ईमेल ठेगाना पनि पर्छ।
- भविष्यमा google account recovery गर्दा होस या Gmail account को पासवर्ड बिर्सेदा रिकभरी ईमेल ठेगाना राखेको छ भने सजिलोसँग रिकभरी गर्न सकिन्छ।
- रिकभरी ईमेल ठेगाना राख्दा विश्वासिलो साथीभाइ वा आफन्तलाई राख्नु पर्छ । यदि तपाईँ सङ्ग अर्को ईमेल ठेगाना छ भने उक्त ईमेललाई पनि रिकभरी ईमेल ठेगानामा प्रयोग गर्न सक्नुहुन्छ।
- रिकभरी ईमेल ठेगाना राखि सकेपछि आफ्नो जन्म मिति र जेन्डर राख्नुहोस् र Next मा क्लिक गर्नुहोस।

- Gmail account मा भेरिफाई गरेको फोन नम्बर अन्य गुगल एपलिकेशनमा प्रयोग गर्न चाहनु हुन्छ भने Yes I’m मा क्लिक गर्नुहोस वा skip गर्नुहोस।

- गुगलको privacy and terms लाई agree गर्नुहोस्।
- Privacy and terms agree गरिसके पछि create account मा क्लिक गर्नुहोस।

- तपाईँको ब्यक्तिगत Gmail account तयार भएको छ।
जीमेल अकाउंट देखि कसरी ईमेल पठाउॅने( how to send email from Gmail)
ईमेल अकाउंट तयार भइसके पछि अन्य ब्यक्तिको ईमेल ठेगानामा ईमेल पठाउने तरिका पनि थाहा हुनु पर्छ। तल सम्पूर्ण प्रक्रिया step लाई follow गर्नुहोला।
- स्मार्टफोनमा रहेको जीमेल एपलिकेशन खोल्नुहोस र जीमेल अकाउंट बनाउॅदा राखेको ईमेल ठेगाना र पासवर्ड लेखि login to Gmail account मा क्लिक गर्नुहोस।
- जीमेल एपलिकेशनको होमपेज खुल्छ। उक्त पेजको तल compose लेखेको हुन्छ त्यसमा क्लिक गर्नुहोस।

- Compose पेज खोलि सकेपछि स्क्रीनमा तल फोटोमा जस्तै form देखिन्छ।
- From मा अटोमेटिक ईमेल पठाउने ब्यक्तिको ईमेल ठेगाना add हुन्छ।
- To मा ईमेल पाउने ब्यक्तिको ईमेल ठेगाना लेख्नुहोस्
- Subject मा ईमेलको विषय लेख्नुहोस्
- म्यासेज लेख्ने ठाउँमा आफुले पठाउन चाहेको म्यासेज लेख्नुहोस्।

- फोटो वा अन्य डकोमेन्ट add गर्न 📎 चिन्हमा क्लिक गर्नुहोस।
- जीमलले दुई ओटा option दिनेछ Attach files र insert from drive

- Attach file मा क्लिक गरि मोबाइल डिभाइसमा भएको फोटो वा डकोमेन्ट छनोट गरि पठाउन सक्नुहुन्छ।
- Insert drive files मा क्लिक गरि गुगल ड्राइवमा स्टोर गरि राखेको फोटो वा डकोमेन्ट छनोट गरि पठाउन सक्नुहुन्छ।
- ईमेल तयार भई सकेपछि ⏩️ चिन्हमा क्लिक गरि आफुले पठाउन चाहेको ब्यक्तिलाई ईमेल पठाउन सक्नुहुन्छ।
यो पनि पढ्नहोस: जीमेलमा आएको फोटो तथा डकोमेन्ट गुगल ड्राइव स्टोरे गर्न तरिका
1 thought on “जीमेल अकाउंट कसरी बनाउने|how to create new Gmail account 2022”