एन्ड्रोइड प्रयोगकर्तालाई थाहा हुनुपर्ने गुगल ड्राइवका उत्कृष्ट फिचर्सहरु

अनलाइन प्लेटफर्म प्रति मानिसहरूको चासो दिनानुदिन बढ्दै गई रहेको छ।प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि सङ्गै विभिन्न अनलाइन कम्पनीहरूले पनि इन्टरनेट प्रयोगकर्ताको लागि नि:शुल्क/स:शुल्क ऑनलाइन स्टोरेज सुविधाहरू उपलब्ध गराइरहेका छन।अनलाइन स्टोरेज सुविधा उपलब्ध गराउने कम्पनीहरू मध्ये गुगल पनि पर्छ। कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि गुगल ड्राइव मार्फत अनलाइन स्टोरेज सुविधा 2012 देखि उपलब्ध गराउदै आएको छ।

गुगल ड्राइवमा प्रयोगकर्ताले आफुसङ्ग भएको फोटो,डकोमेन्ट, लगायत अन्य डिजिटल सामग्रीहरु स्टोरेज गर्न सक्नेछ। गुगल कम्पनीले प्रयोगकर्तालाई 15 जीबी सम्म फिरि स्टोरेज सुविधा दिदै आएको छ र 15 जीबी भन्दा बढी डेटा स्टोरेज गर्नको निम्ति मासिक शुल्क भुक्तान गरि प्रयोगकर्ताले आफुले चाहे अनुसार डेटा स्टोरे गर्न सक्ने छन। आज यो आर्टिकल देखि एन्ड्रोइड प्रयोगकर्ताले थाहा पाउनु पर्ने गुगल ड्राइवका  उत्कृष्ट फिचर्स बारे जानकारी दिनेछु । यसको लागि यो आर्टिकल पुरा पढ्नु होला। मन पर्यो भने शेयर पनि गरिदिनु होला।

गुगल ड्राइव देखि स्मार्टफोन ब्याकअप गर्न सकिन्छ 

स्मार्टफोन ह्याङ हुँदा होस या कुनै किसिमको भाइरसले अट्यक गर्दा वा स्मार्टफोन स्लो हुँदा फोनलाई हार्ड रिसेट गर्नुपर्छ। हार्ड रिसेट गरेको स्मार्टफोनमा रहेको सम्पूर्ण डेटा एप सेटिङ डिलेट हुने हुँदा फेरि कस्टमाइजेसन गर्नुपर्छ। प्रयोगकर्ताले सुरु देखि कस्टमाइजेसन गर्नु झन्झटिलो हुन्छ। तर एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तालाई गुगल कम्पनीले यस किसिमको झन्झटबाट टाढा राख्न मद्दत गर्छ। एन्ड्रोइड प्रयोगकर्ताले कम्प्युटर ल्यापटप विना स्मार्टफोनलाई गुगल ड्राइवमा ब्याकअप गर्न सक्छन। आफ्नो स्मार्टफोनमा भएको डेटा एप सेटिङ लगायत सम्पूर्ण कुरा गुगल ड्राइवमा ब्याकअप गर्न सक्छन। एन्ड्रोइड प्रयोगकर्ताले गुगल ड्राइवमा मेनुएल तथा अटोमेटिक ब्याकअप गर्न सक्छन र सजिलोसँग रिस्टोर पनि गर्न सक्छन। 

गुगल ड्राइव देखि डकोमेन्ट शेयर गर्न सकिन्छ

ल्यापटप,कम्प्युटर,मोबाइल जुन सुकै डिभाइस देखि  डकोमेन्ट, फोटो तथा अन्य फाइलहरू पठाउँदा इमेल, म्यासेज,ब्लुटुथ तथा अन्य शेयर एपहरु प्रयोग गर्नुपर्छ गर्नुपर्छ। तर गुगल ड्राइव देखि आफ्नो एन्ड्रोइड स्मार्टफोनमा भएको फाइल, फोटो, डकोमेन्टहरु अन्य अनलाइन प्लेटफर्ममा शेयर गर्न मिल्नुका साथै एन्ड्रोइड स्मार्टफोनमा भएको डकोमेन्ट सजिलै सङ्ग कम्प्युटर तथा ल्यापटपमा पठाउन सकिन्छ।

  • पठाउने डकोमेन्टको साइडमा रहेको तिन थाप्लामा क्लिक गर्नुहोस। 
  • स्क्रीनमा विभिन्न विकल्पहरू देखा पर्ने छन पहिलो नम्बरको शेयर विकल्पमा क्लिक गर्नुहोस। 
  • एड पिपुलमा इमेल याड्रेस राखेर सेन्ड् क्लिक गर्नुहोस। 
  • एन्ड्रोइड स्मार्टफोन देखि कम्प्युटरमा पठाउन चाहेको डकोमेन्ट गुगल डाइभमा अपडेट गर्नुहोस।
  • कम्प्युटर तथा ल्यापटपमा एन्ड्रोइड फोनमा प्रयोग गरिएको इमेल याड्रेस google.com/drive मा log in गर्नुहोस। 
  • तपाईले  चाहेको फाइल, फोटो ,डकोमेन्ट कम्प्युटर मा उपलब्ध हुनेछ।

गुगल ड्राइव अफलाइन प्रयोग गर्न सकिन्छ

गुगल कम्पनीले उपलब्ध गराएको हरेक प्रोड्क हरूलाई प्रयोग गर्न इन्टरनेट आवश्यक पर्छ। तर गुगल ड्राइवमा इन्टरनेट कनेक्शक नभएको अवस्थाबामा पनि गुगल डट्स,गुगल सिट लगायत अन्य डकोमेन्ट हरूलाई अफलाइन प्रयोग गर्नुको साथै edit पनि गर्न सकिन्छ। डकोमेन्टलाइ अफलाइन बनाउनु पुर्ब गुगल ड्राइवमा अनिवार्य इन्टरनेट कनेक्शन हुनु पर्छ। अनि मात्र आफुले चाहेको डकोमेन्ट लाई अफलाइन मुडमा कन्भट गर्न सकिन्छ।

  • इन्टरनेट कनेक्शन चेक गर्ने
  • गुगल ड्राइव खोल्ने
  • माई ड्राइवमा क्लिक गर्ने
  • डकोमेन्टको साइडमा रहेको तिन ओटा बिन्दुमा क्लिक गर्ने
  • चौथो नम्बरमा रहेको make available offline मा क्लिक गरि डकोमेन्ट लाई अफलाइन बनाइसके पछि मात्र गुगल ड्राइव अफलाइन प्रयोग गर्न सकिन्छ 

गुगल ड्राइव देखि डकोमेन्ट स्क्यान गर्न सकिन्छ

स्मार्टफोन देखि डकोमेन्ट स्क्यान गरि मेल म्यासेज अन्य सामग्री पठाउनु भएको छ होला। इन्टरनेटमा डकोमेन्ट स्क्यान गर्न नि:शुल्क/स:शुल्क एप तथा वेबसाइटहरु उपलब्ध छन। गुगल ड्राइवबाट अन्य थड् पार्टी एप विना पनि डकोमेन्ट स्क्यान गरि सेभ गर्न सकिन्छ।

  • गुगल ड्राइव खोल्ने 
  • गुगल ड्राइवको होम पेज खुलिसके पछि दायाँ तर्फ रहेको + आइकोनमा क्लिक गर्ने
  • + आइकनमा क्लिक गरिसके पछि दायाँतर्फ स्क्यान आइकन मा क्लिक गर्ने
  • आफुले स्क्यान गर्न चाहेको डकोमेन्ट क्यामेरा अगाडि राखि स्क्यानमा क्लिक गर्नुहोस 
One thought on “एन्ड्रोइड प्रयोगकर्तालाई थाहा हुनुपर्ने गुगल ड्राइवका उत्कृष्ट फिचर्सहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *