Best cloud tools that provide several GB of storage for free

डिजिटल डेटा तथा फाइललाई केही वर्ष अगाडिसम्म माइक्रो एसडी कार्ड, हार्ड डिक्स, फ्लपी डिक्स लगायत अन्य अफलाइन स्टोर गर्न मिल्ने डिभाइसमा स्टोर गरिन्थ्यो।  तर टेक्नोलोजीमा भएको परिवर्तनले अफलाइन स्टोर गर्ने तरिकालाई अफलाइन प्लेटफर्ममा रुपान्तरण गरि दिएको छ।  यसको ज्वलन्त उदाहरणको रुपमा इन्टरनेटमा उपलब्ध रहेका विभिन्न क्लाउड स्टोरेज टुल्सलाई  लिन सकिन्छ। क्लाउड स्टोरेज टुल्सले इन्टरनेट प्रयोगकर्ताको डेटालाई सुरक्षित र सजिलोसँग भण्डार र व्यवस्थापन गर्न मिल्ने तरिकामा क्रान्ति ल्याएको छ। व्यक्तिगत वा व्यवसायिक डेटालाई भण्डार गर्ने अनुमति दिनुका साथै इन्टरनेट प्रयोग गरी जुनसुकै ठाउँ वा डिभाइस देखि भण्डार गरिएको डेटा प्रयोग सकिन्छ।

इन्टरनेटमा क्लाउड स्टोरेज सेवा दिइरहेका  कम्पनीहरुले उत्कृष्ट सेवा दिएपनि विभिन्न किसिमका डेटा तथा फाइल प्रयोगकर्ताहरुले आफ्नो चाहना अनुसार स्टोर गर्छन।  कुन क्लाउड स्टोरेज टुल्सले  कस्तो सेवा दिएको छ भनी थाहा पाउन धेरै अनुसन्धान गर्नु हुन्छ। त्यसै यो आर्टिकल देखि नि शुल्क रुपमा प्रयोग गर्न सकिने उत्कृष्ट क्लाउड स्टोरेज टुल्स बारे सम्पूर्ण जानकारी दिने छु। यसको लागि यो आर्टिकल पुरा पढ्नुहोस।

Table of Contents

Mega cloud

निःशुल्क रुपमा धेरै स्टोर स्पेस उपलब्ध गराउने क्लाउड स्टोरेज टुल्समा  मेगा क्लाउड पहिलो नम्बरमा पर्छ। मेगा क्लाउडमा अकाउंट बनाउन साथ निःशुल्क 20जीबी स्टोर स्पेस प्राप्त गर्न सकिन्छ।  मेगा क्लाउडले उपलब्ध गराएको 20 जीबी स्टोरेजमा तपाइहरुले फोटो,डकोमेन्ट, भिडियो लगायत अन्य डिजिटल सम्पत्तिलाई स्टोर गर्न सक्नुहुन्छ। युजर्सलाई 20 जीवी भन्दा धेरै स्टोर स्पेस आवश्यक परेको अबस्थामा प्रिमियम भर्जन खरिद गरि भण्डार क्षमता बढाउन सक्ने छन्। 

End to end encryption सुविधाका कारण प्रयोगकर्ताले स्टोर गरिराखेको डेटा तथा फाइल स्वयं व्यक्तिबाहेक अन्य व्यक्ति तथा संस्थाको पहुँच भन्दा बाहिर रहन्छ। मेगा क्लाउडले पनि आफ्नो प्रयोगकर्ताको कुनै पनि डेटाको पहुँचमा रहँदैन। यो क्लाउडमा स्टोर गरिराखेको डेटा तथा फाइललाई  प्रयोगकर्ताले पठाउन चाहेको व्यक्ति वा  संस्थामा सजिलैसँग पठाउन सक्नेछन्। मेगा क्लाउडलाई एन्ड्रोइड, आईओएस, विन्डोज ,म्याक जस्ता प्लेटफर्ममा  प्रयोग गर्न सकिन्छ। यो क्लाउड प्रयोग गर्दा कुनै समस्या आइपरेमा  सुरक्षित र सजिलोसँग ग्राहक केन्द्रमा सम्पर्क गरि समस्याको समाधान गर्न सकिन्छ। मेगा क्लाउडले  आफ्ना प्रयोगकर्ताको डेटा तथा फाइललाई विश्वका विभिन्न देशमा स्टोर गर्छ। यूजर्सलाई नजिक पर्ने ठाउँको सर्भर छनोट गरी डेटा तथा फाइल छिटो डाउनलोड अपलोड गर्न सकिन्छ।

Google drive

गुगलले अनलाइन प्लेटफर्ममा विभिन्न किसिमका सुविधाहरु दिँदै आइरहेको छ। उदाहरणको रुपमा  गुगल ड्राइवलाई लिन सकिन्छ। गुगल ड्राइभ एक किसिमको डेटा तथा फाइल भण्डार गर्न मिल्ने क्लाउड स्टोरेज टुल्स हो। यूजर्सले  15जीबी सम्म निःशुल्क आफ्ना डिजिटल डेटा स्टोर गर्न पाउनेछ र आवश्यक परेको खण्डमा प्रिमियम भर्जन खरिद गरि  स्टोर स्पेस वृद्धि गर्न पनि  सक्ने छन्।

अन्य क्लाउड स्टोरेज टुल्स भन्दा चलाउन सजिलो छ। यसका साथै युजर्सले गुगल ड्राइवमा  स्टोर गरि राखेको फाइल तथा  डेटाहरु अन्य व्यक्तिलाई शेयर गर्न पनि सक्नेछन। गुगल कम्पनी द्वारा सञ्चालित भएको कारण  सुविधाहरु पनि  धेरै छन्। युजर्सले विन्डोज,म्याक, एन्ड्रोइड,आईओएस  जस्ता प्लेटफर्ममा  प्रयोग गर्न सक्ने छन्। एक प्लेटफर्म देखि अर्को प्लेटफर्ममा सिङ्क पनि गर्न सक्ने छन्। यो क्लाउड स्टोरेज टुल्सको मुख्य विशेषता भनेको गुगलले आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराएको हरेक प्रोड्क जस्तै Docs, जिमेल,गुगल फोटोज, गुगल सिट् लगायत अन्य प्रोड्कको  सबै डेटा, फाइल,फोटो गुगल ड्राइवमा स्टोर गर्न सक्ने छन। 

Pcloud

निःशुल्क क्लाउड स्टोरेज  उपलब्ध गराउने  कम्पनीको सूचीमा pcloud पनि पर्छ। जस्ले आफ्ना युजरलाई 10 जीबीसम्म निःशुल्क डेटा तथा फाइल स्टोर गर्न मिल्ने सुविधा दिँदै आएको छ। Pcloud स्टोरेजमा प्रयोगकर्ता का लागि आवश्यक पर्ने थुप्रै किसिमका सुविधाहरु छन्। यजुरले स्टोर गरि राखेको  डेटा तथा फाइललाई सजिलै अन्य डिभाइसमा सिङ्क गर्न सकिन्छ।  यो क्लाउड स्टोरेज टुल्सलाई सुरक्षित क्लाउड सुविधाको रुपमा लिन सकिन्छ। युजर्सले अपलोड गरी स्टोर गरेको डेटाहरु प्रयोगकर्ताको अनुमति विना अन्य कुनै व्यक्तिहरुले खोल्न  सक्दैनन्। end to end  encryption सुविधाका कारण युजरको सम्पूर्ण डेटा सुरक्षित रहन्छ। प्रयोगकर्ताले विन्डोज,म्याक, एन्ड्रोइड,  आईओएस जस्ता प्लेटफर्ममा pCloud टुल्स प्रयोग गर्न सक्ने छन्।

यो पनि पढ्नुहोस:एन्ड्रोइड प्रयोगकर्तालाई थाहा हुनुपर्ने गुगल ड्राइवका उत्कृष्ट फिचर्सहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *