जीमेल विश्व प्रसिद्ध इमेल प्ल्याटफर्म भएकै कारण मासिक करोडै प्रयोगकर्ताले जीमेल प्रयोग गरि रहेका छन्। धेरै मानिसहरूलाई अवगत नै छ होला Gmail गुगल कम्पनीद्वारा सञ्चालित ईमेल प्ल्याटफर्म हो भनेर। 1 अप्रिल 2004 देखि  जीमेलले इमेल सम्बन्धी सेवाको सुरुवात गरेको थियो। ईमेल को पर्याबाची शब्द को रुपमा जीमेललाई  लिन सकिन्छ। किनकि इन्टरनेट प्रयोग गर्ने धेरै मानिसहरुले जीमेलमा अकाउण्ट बनाएका हुन्छन् यसको मुख्य कारण चलाउन सजिलो हुनुका साथै सुरक्षित पनि छ।

मानिसहरुले जीमेलमा आफ्नो खाता बनाउँछन् यसरी खाता बनाउँदा सामान्य सामान्य कुराको पनि ध्यान दिनुपर्छ। मानिसहरूले  रिकभरी ईमेल ठेगानालाई सामान्य रुपले लिएका हुन्छन्। जीमेल अकाउण्टमा मात्र नभई अन्य अनलाइन प्लेटफर्ममा  पनि रिकभरी ईमेल ठेगानाको आवश्यक पर्छ। त्यसैले आज यो लेख देखि जीमेल अकाउंटमा कसरी रिकभरी ईमेल ठेगाना राख्ने बारेमा बताउने छु।

रिकभरी ईमेल ठेगाना भनेको के हो 

कुनै पनि अनलाइन प्लेटफर्ममा अकाउंट बनाउने बेला  आफु सङ्ग भएको अर्को ईमेल वा साथीभाईको इमेल भविष्यमा आईपर्ने अकाउंट समन्धित समधान गर्नको निम्ति  राखिएको सेकेन्डरी इमेललाई नै रिकभरी इमेल ठेगाना भनिन्छ। फेसबुक, युटुब, जीमेल, ट्विटर लगायत अन्य थुप्रै अनलाइन प्ल्याटफर्ममा रिकभरी ईमेल ठेगाना अप्सनल हुन्छ। तर रिकभरी ईमेल ठेगानालाई अनिवार्य रुपमा राख्दा राम्रो हुन्छ किनकि रिकभरी ईमेललाई सेकेन्डरी इमेलको रुपमा पनि बुझ्न सकिन्छ।

विभिन्न अनलाइन प्लेटफर्मले रिकभरी ईमेललाई सामान्य रुपमा लिने गरेको पाइन्छ तर रिकभरी ईमेल ठेगानाका कारण अकाउंट  समन्धित 40% समस्या समधान हुन्छ। रिकभरी ईमेल ठेगाना सेट गरेको अवस्थामा पासवर्ड रिसेट गर्न र अकाउंट पहिचान गर्न सजिलो हुन्छ।  मुख्य ईमेल ठेगाना बिर्सेको वा काम नगरेको बेलामा रिकभरी ईमेल ठेगाना मार्फत उक्त अकाउंट  रिकभरी  गर्न सकिन्छ।

किन जीमेल अकाउंटमा रिकभरी ईमेल ठेगाना महत्वपूर्ण छ

रिकभरी शब्द अनलाइन मात्र नभई अफलाईनमा पनि उत्तिकै महत्वपूर्ण छ। अन्य इमेल प्ल्याटफर्म लगायत फेसबुक, ट्विटर, टिकटकमा पनि अकाउंट रिकभरी सुविधा हुन्छ। जीमेल अकाउंटमा पनि रिकभरी ईमेल ठेगानाको धेरै महत्त्व छ। युजर्सले जीमेलमा रिकभरी  ईमेल ठेगाना नराखेको बेला अकाउंट समन्धित समस्या समाधान गर्न गाह्रो हुन्छ किनकि पासवर्ड रिसेट गर्ने बेला गुगलले पासवर्ड रिसेट कोड फोन नम्बर वा रिकभरी ईमेल ठेगानामा पठाउँछ।

गुगलले पठाएको कोडलाई भेरिफाई गरे पछि मात्र पासवर्ड परिवर्तन गर्न मिल्छ।अकाउंट लक भएको अवस्थामा पनि अकाउंट सम्बन्धी सम्पूर्ण काम रिकभरी ईमेल ठेगानाबाट गर्न मिल्छ । अन्य सुरक्षाको हिसाबले पनि जीमेल अकाउंटमा रिकभरी इमेल ठेगानाको  महत्व छ। यदि कुनै सन्दिग्ध ठाउँबाट अकाउंटलाई हानिनोक्सान बनाउन खोजेको बेला पनि गुगलले रिकभरि ईमेलमा जानकारी पठाउँछ छ जसका कारण अकाउन्ट ह्याक हुनबाट जोगिन्छ।

जीमेल अकाउंटमा रिकभरी ईमेल ठेगाना राख्ने तरिका

जीमेल अकाउंटमा रिकभरी ईमेल एड्रेस एड गर्नु पहिला गुगल अकाउंट र जीमेल अकाउन्ट सम्बन्धी सामान्य जानकारी हुन जरुरी छ। जिमेल, युटुब,जस्ता थुप्रै प्रोडक्टहरु गुगलले आफ्ना युजर्सलाई  उपलब्ध गराउँदै आएको छ। गुगल अकाउंटले मात्र गुगलका सबै प्रोडक प्रयोग पाइन्छ। जीमेल को हकमा पनि सुरुमा गुगल अकाउंट बनाइसकेपछि मात्र जीमेल अकाउंटको  पहुँचमा पुग्न सकिन्छ। तपाईंसँग जीमेल अकाउण्टमा छ भने  गुगल अकाउंट पनि छ।  रिकभरी ईमेल ठेगाना गुगल अकाउंटमा ऐड गरि सके पछि मात्र जीमेल अकाउण्टमा आइपरेका विभिन्न समस्या समाधान गर्न सकिन्छ।

  • ब्राउज़र खोल्नुहोस।  
  •  ब्राउज़रको Web address bar मा google account लेखी सर्च गर्नुहोस्। 
  • पहिलो नम्बरमा google account लेखिएको search result देखा पर्छ छ त्यसमा क्लिक गर्नुहोस् ।
  • गुगल अकाउंट लग इन गर्नुहोस। गुगल अकाउंटको पेज खुलिसके पछि सेक्युरिटीमा क्लिक गर्नुहोस। 
  • सेक्युरिटी पेजको तल रिकभरी ईमेल लेखेको हुन्छ त्यसमा क्लिक गर्नुहोस। 
  • रिकभरी इमेलको पेज खुल्छ अब आफुले राख्न चाहेको इमेल ठेगाना राख्नुहोस। 
  • भेरिफाईको लागि गुगलले रिकभरी इमेल ठेगानामा भेरिफिकेशन कोड पठाउँछ। उक्त कोड कापी गरि पेस्ट गर्नुहोस।
  • तपाईको गुगल अकाउंटमा रिकभरी इमेल ठेगाना ऐड भइसकेको छ ।

माथि बाताए अनुसार गुगल अकाउंटमा रिकभरी ईमेल ठेगाना राख्न सकिन्छ।

यो पनि पढ्नुहोस: जीमेल अकाउंट कसरी बनाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *