ठूलो साइजको फाइल पठाउने ३ तरिकाहरू

प्रविधिको उच्चतम विकाससँगै व्यक्तिहरूद्वारा सिर्जना गरिएका हरेक डिजिटल सम्पत्तिहरू जस्तै, भिडियो, अडियो, गेम र अन्य ठूलो साइजको फाइलहरू व्हाट्सएप, भाइबर, मेसेन्जर र इमेल प्लेटफर्महरूबाट पठाउन सकिँदैन।  ठूलो आकारको फाइल पठाउने पुरानो तरिका लगभग असम्भव छ।  त्यसैले आज म यस लेखबाट ठूलो साइजको फाइल सजिलै पठाउने ३ तरिकाको बारेमा सबै जानकारी दिनेछु। यसको लागि कृपया यो लेख पुरा पढ्नुहोस्।

USB फ्लैश ड्राइव 

USB फ्लैश ड्राइव देखि ठूलो साइजको फाइल पठाउने तरिका सबै भन्दा सुरक्षित  हो । सुरक्षित भए पनि तपाईले पठाउन चाहेको ब्यक्तिलाई USB फ्लैश ड्राइव अफलाइन माध्यमबाट पठाउनु पर्छ । पेनड्राइव बजारमा सजिलै सङ्ग खरिद गर्न सकिन्छ। यसको साइज अनुसार मुल्य फरक फरक हुन्छ। तपाईले 1GB – 1TB सम्म स्टोरेज क्षमता भएको USB फ्लैश ड्राइव खरिद गर्न सक्नुहुन्छ। तपाईँहरूले पठाउन चाहेको  फाइललाई मोबाइल, कम्प्युटर,  ल्यापटप देखि सजिलै सङ्ग USB फ्लैश ड्राइवमा सेन्ड गर्न सक्नुहुन्छ। यसका साथै महत्वपूर्ण डिजिटल सम्पत्तिलाई  ब्याकअप गरिराख्न पनि सक्नुहुन्छ। 

Cloud storage मा अपलोड गरि पठाउने

ठूलो साइजको फाइल पठाउने सबै भन्दा सजीलो र सुरक्षित तरिकाको रुपमा क्लाउड स्टोरेजलाई लिन सकिन्छ। नि:शुल्क क्लाउड स्टोरेज सुविधा उपलब्ध गराउने विभिन्न कम्पनीहरू भए पनि विश्वासिलो र सुरक्षित मानिने गुगल ड्राइभ, सैमसंग ड्राइभ, ओनड्राइभ, ड्रपबक्समा आफ्नो अकाउंट तयार परि आफु सङ्ग भएको फाइल अपलोड गरि विभिन्न मेसेन्जर एप तथा ईमेल देखि पठाउन सकिन्छ।

गुगल ड्राइभ देखि फाइल पठाउने तरिका

  • गुगल ड्राइभ लग इन गर्नुहोस। 
  • गुगल ड्राइभको होमपेजमा + आइकन छ त्यसमा क्लिक गर्नुहोस। 
  • + आइकन मा क्लिक गरिसके पछि अपलोड अप्सन देखिने छ।
  • अपलोड गर्न चाहेको फाइलमा क्लिक गरि अपलोड गर्नुहोस।
  • अपलोड भएको फाइलको साइडमा 3 dots छ त्यसमा क्लिक गर्नुहोस। 
  • 3 dots क्लिक गरि सकेपछि तपाईँहरूले विभिन्न अप्सन देख्न सक्नु हुन्छ।
  • Copy link मा क्लिक गरि copy गर्नुहोस।
  • उक्त लिङ्क लाई आफुले पठाउन चाहेको ब्यक्तिलाई ईमेल अथवा अन्य माध्यमबाट लिङ्क पठाउन सक्नु हुन्छ।

MyairBridge

ठुलो साइजको फाइल पठाउने अर्को तरिका भनेको विभिन्न अनलाइन वेबसाइट  हो। यी वेबसाइटले ठुलो साइजको फाइललाई आफ्नो सर्भरहरूमा अपलोड गरि unique link generate गरि दिन्छन। ठुलो साइजको फाइल पठाउन Myairbridge वेबसाइट राम्रो छनोट हुनसक्छ। किनकि यो वेबसाइट देखि फाइल पठाउदा वा प्राप्त गर्दा अकाउंट बनाउनु पर्दैन। Myairbridge देखि 20GB सम्म फाइलको पठाउन सकिन्छ।

Myairbridge देखि फाइल पठाउने तरिका 

  • ब्राउजर खोलि https://Myairbridge.com लेख्नुहोस। 
  • अब तपाईको स्क्रीनमा 2 ओटा Privacy agreement  देखिने छ  दुई ओटालाई नै Agree गर्नुहोस। 
  • अब तपाईको स्क्रीनमा Myairbridge वेबसाइटको होमपेज खुल्छ।
  • होमपेजमा विभिन्न किसिमका अप्सन देखिने छ। जस्तै send file via email, send files via link 
  • अब send files via link मा क्लिक गर्नुहोस।
  • आफुले पठाउन चाहेको फाइल छनोट गर्नुहोस।
  • फाइल छनोट गरि सकेपछि सेन्डमा क्लिक गर्नुहोस। 
  • फाइल सेन्ड भई सकेपछि Myairbridge वेबसाइटले लिङ्क बनाई दिन्छ उक्त लिङ्क कपि गर्नुहोस।
  • कपि गरेको लिङ्कलाई व्हाट्सएप, इमेल, मेसेन्जर, सन्देश देखि पठाउन सक्नुहुन्छ।

यो पनि पढ्नुहोस: गुगल ड्राइव प्रयोग गर्नुका फाइदाहरु

Leave a Comment