विभिन्न सामाजिक संजाल, वेबसाइट, तथा युटुबमा Chat GPT शब्द ट्रेन्डिङमा छ। ईन्टरनेटको दुनियाँ मात्र नभई मानिसहरूले आफ्ना साथीभाई परिवारजन तथा हरेक ठाउँमा Chat GPT बारे कुरा गरि रहेका छन्। विश्वभर Chat GPT यति छिटो भाइरल भयो कि जुन कुरा कसैले पनि कल्पना गरेका थिएन। तपाईँहरूले पनि ChatGPT शब्द सुन्नु भएको छ होला। तर ChatGPT भनेको के हो कसरी काम गर्छ प्रयोग गर्ने तरिका र यसको फिचर्स बारे थाहा छैन भने आज यो लेख देखि नेपाली भाषामा सरल तरिकाले सम्पूर्ण जानकारी दिनेछु।

What is CHATGPT| ChatGPT भनेको के हो

Chat GPT जनरेटिव पूर्व प्रशिक्षित ट्रांसफार्मर-3.5 मा आधारित OpenAI प्रयोगशाला द्वारा निर्मित एक किसिमको ऑटो-जेनेरेटिव Chatbot हो। 

ChatGPT मा पनि  गुगल सर्च इंजनमा  जस्तै मानिसहरूले  प्रश्न सोध्न सक्ने छन् र यसरी  सोधेको प्रश्नको उत्तर ChatGPT ले आफ्नो डेटाबेसमा स्टोर रहेको उत्तरलाई यूजर्सले सोधेको प्रश्नसँग रिलेभेन्ट हुने गरि उत्तर दिनेछ। 

OpenAI कम्पनीले ChatGPT को सुरुवात गरे सङ्गै धेरै मानिसहरूले आर्टिफिशियल इंटेलिजेंस एक कदम अगाडि बढेको बताई रहेका छन। ChatGPT अहिलेसम्मकै सबै भन्दा शक्ति AI system को रुपमा विशेषज्ञहरूले विश्लेषण गरेका छन। ChatGPT मा मानिसहरूले विभिन्न किसिमका प्रश्न सोध्न सक्नुका साथै कविता वा लेख लेखाउन सक्ने छन् । रीइंफोर्समेंट लर्निंग विद ह्यूमन फीडबैक (आरएलएचएफ) मा लामो समयको प्रशिक्षण पछि मात्र यो AI system लाई नोभेम्बर 30 2022 मा लन्च गरिएको थियो । ChatGPT system  प्रयोग गरे बापत कुनै किसिमको शुल्क तिर्नुपर्दैन।

ChatGPT लाई सोधेका सबै प्रश्नको जवाफ सहि नहुन पनि सक्छ किनकि यो AI system भर्खर लन्च भएको र 2021 सम्मका डेटाहरु मात्र स्टोर गरिएका कारण पछिल्लो समयमा घटिरहेका घटना तथा नयाॅ जानकारी बारे उत्तर दिन असमर्थ हुनेछ।  OpenAI कम्पनीले आफ्नो वेबसाइटमा कुनै समय वा परिस्थितिमा CHATGPT ले गलत र भ्रामक उत्तर पनि दिन सक्ने बताएको छ। यसका साथै कम्पनीले  समयको अन्तराल सङ्गै  थप डेटा अपडेट गरि सकेपछि मात्र यूजर्सले सोधेका  सम्पूर्ण प्रश्न उत्तर दिनेछ।

Chat GPT को इतिहास|History of Chat GPT

OpenAI सन् २०१५ मा टेस्लाका सीईओ एलोन मस्क र पूर्व वाई कम्बिनेटर अध्यक्ष साम अल्टम्यानले स्थापना गरेका थिए।  OpenAI को स्थापना भएको केही समय पछि, LinkedIn को सह-संस्थापक रीड हाइमेन र सिलिकन भ्यालीका प्रमुख व्यक्तिहरू बीचको बैठकले OpenAI परियोजनाको लागि 1 बिलियन उठाउने निर्णय गरेका थिए।

OpenAI कम्पनीको वेबसाइटमा डिसेम्बर 11, 2015 मा प्रकाशित लेख अनुसार, यस परियोजनाको मुख्य उद्देश्य आर्टिफिशियल इंटेलिजेंसको विकास गर्नु हो। ओपनएआई  गैर-लाभकारी संस्थाको रूपमा स्थापना भएको थियो।  ओपनएआई स्थापना भएको ३ वर्षपछि एलोन मस्कले सन् २०१८ मा बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका थिए।  राजीनामा दिएको केही समयपछि मस्कले आफ्नो ट्वीटर अकाउन्ट मार्फत OpenAI छोड्नुको कारण स्पष्ट पार्दै बोर्डका सदस्यहरूसँगको असहमतिका कारण ओपनएआई छाडेको बताएका थिए।

2019 को अन्त्यमा, OpenAI ले माइक्रोसफ्ट कम्पनीसँग साझेदारी गरेको थियो, त्यसपछि मात्र OpenAI को आर्टिफिशियल इंटेलिजेंस परियोजना द्रुत गतिमा अगाडि बढ्न सफल भएको थियो।  माइक्रोसफ्टले ओपनएआईमा १ अर्ब डलर लगानी गरेको छ ।  कम्पनीले Chat GPT सुरु हुनु अघि एआई आर्ट जेनरेटर वेब एप जारी गरेपछि मात्र 2022 मा Chat GPT लन्च गरेको थियो।

 किन Chat GPT मानिसहरूको लागि महत्त्वपूर्ण छ

Chat GPT  आर्टिफिशियल इंटेलिजेंसमा आधारित टुल हो जुन मानिसहरूले सोधेका हरेक प्रश्नको जवाफ दिन सक्षम छ।  यसले प्रयोगकर्ताहरूलाई द्रुत र सरल तरिकामा सही जानकारी प्रदान गर्दछ।  मानिसहरूले बुझ्न सक्ने भाषामा प्रत्येक विषयको जवाफ दिन्छ।

Chat GPT मा संसारभरका सबै जानकारी स्टोर गरिएको छ।  तसर्थ, यो एआई टुलले मानिसहरूको दैनिक जीवन वा घर, कार्यालय, विद्यालय, व्यवसायसँग सम्बन्धित प्रश्नहरूको तत्काल र प्रयोगकर्ताहरूले सोधेका प्रश्नहरूको सान्दर्भिक जवाफ दिने भएकाले यसलाई महत्त्वपूर्ण मान्न सकिन्छ।

Chat GPT को अर्को फाइदा भनेको कुनै पनि विषयको बारेमा सिक्न र ज्ञान प्राप्त गर्न चाहने मानिसहरूलाई फाइदा हुन्छ किनभने यो एआई च्याटबोटले विभिन्न प्रकारका जानकारीका साथै विभिन्न वेबसाइटहरू, पाठ्यपुस्तकहरू र लेखहरूबाट जानकारी भण्डारण गर्दछ।  Chat GPT लाई मानिसहरूले उनीहरूको काम वा दैनिक जीवनमा सामना गर्ने समस्याहरू समाधान गर्न प्रयोग गर्न सक्छन्।

How to use ChatGPT| ChatGPT कसरी प्रयोग गर्ने

CHATGPT बारे थाहा पाइसक्नु भयो भने अब कसरी यो AI SYSTEM प्रयोग गरि विभिन्न किसिमका प्रश्न सोध्ने र उत्तर प्राप्त गर्ने यस बारे सामान्य जानकारी दिनेछु।

आफ्नो स्मार्टफोन वा डेस्कटॉपमा रहेको कुनै पनि ब्राउज़र ओपन गरि address बारमा Https://openai.com लेखि ओपन गर्नुहोस।

What is CHATGPT in nepali

अब तपाईको स्क्रीनमा OpenAI को वेबसाइट ओपन हुन्छ। उक्त वेबसाइटको होम पेजमा Trychatgpt लेखेको छ  त्यसमा  क्लिक गर्नुहोस।

Try chat gpt

 नयाॅ अकाउंट बनाउन साइन-अप र पहिले नै अकाउंट बनाउनु भएको छ भने  लग-इनमा क्लिक गर्नुहोस।।

Sign up ChatGPT

अकाउंट बनाउनको लागि साईन अप क्लिक गरि आवश्यक विवरण भर्नुहोस्।

Account create भई सके पछि ChatGPT को होमपेज खुल्छ।

पेजको तल पट्टि म्यासेज लेख्ने ठाउँ छ त्यसमा आफुले सोध्न चाहेको प्रश्न टाइप गरि सेन्ड गर्नुहोस। 

म्यासेज सेन्ड भएको केहि सेकेन्डमा नै Chat GPT ले यूजर्सले सोधेको प्रश्नको जवाफ दिनेछ।

यो पनि पढ्नुहोस: उत्कृष्ट ब्राउज़रले वेबसाइटको स्पिड वृद्धिमा सहयोग गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *