धेरै स्मार्टफोनहरुमा ब्राउज़र प्रिइंस्टॉल भएर आउँछ। यूजर्सहरुले स्मार्टफोनमा प्रिइंस्टॉल भएका ब्राउज़रहरु नै प्रयोग गर्छन उनीहरूलाई अन्य ब्राउज़र बारे जानकारी नभएर वा प्रयोग गर्न नचाहेर हो।अन्य प्लेटफर्ममा भन्दा एन्ड्रोइड प्लेटफर्ममा ब्राउज़रका धेरै विकल्पहरू छन। एन्ड्रोइड प्लेटफर्ममा ब्राउज़रका विकल्प मात्र नभई उनिहरुका काम कारबाही पनि उत्कृष्ट छन्। ब्राउज़र प्रयोगकर्ताको डेटा सुरक्षा देखि वेबसाइटको स्पिड का साथै नयाँ फिचर्सहरु एन्ड्रोइड प्लेटफर्मका ब्राउज़रहरुमा उपलब्ध छन्।
गुगल कम्पनीले एन्ड्रोइड स्मार्टफोनमा क्रोम ब्राउजर र सामसुङ ईन्टरनेट ब्राउज़र प्रयोग गर्न सल्लाह दिन्छ तर बजारमा अन्य उत्कृष्ट फिचर्स समावेश भएका ब्राउज़रहरु पनि छन्। एन्ड्रोइड स्मार्टफोन यूजर्सलाई त्यस किसिमका ब्राउज़र बारे रिसर्च गर्न झन्झटिलो हुने भएकाले यो आर्टिकल देखि हामी तपाईँहरूलाई उत्कृष्ट एन्ड्रोइड ब्राउज़र बारे जानकारी दिने दिनेछौं।
Mozilla Firefox
एन्ड्रोइड फोनमा प्रयोग हुने सम्पूर्ण वेव ब्राउज़रहरु क्रोमियममा प्लेटफर्ममा आधारित हुन्छ । जुन गुगल क्रोमको ओपन-सोर्स संस्करण हो। क्रोमियम प्लेटफर्म प्रयोग गरि बनेको ब्राउज़रहरु गुगल क्रोम जस्तै फिचर्स हुनुका साथै वेव पेज लोड हुने तरिका लगायत अन्य थुप्रै कुराहरू गुगल क्रोम सङ्ग मेल खान्छ। मोजिल्ला फायरफक्सलाई मात्र एक अपवादको रुपमा लिन सकिन्छ जुन क्रोमियम प्लेटफर्म सङ्ग कुनै पनि सम्बन्ध छैन। एन्ड्रोइड फोनमा कस्टम रेंडरिंग इंजन सङ्ग सम्बन्ध रहेका समित ब्राउज़र मध्ये फ़ायरफ़ॉक्स पनि पर्छ।
यो ब्राउज़र देखि वेबसाइटलाई डार्क मुडमा चलाउन सकिन्छ। डेटा तथा ब्यक्तिगत विवरण डेस्कटॉपमा सिंक गर्नुका साथै ऑटोफिल र पासवर्ड मैनेज पनि गर्न सकिन्छ। फ़ायरफ़ॉक्स ब्राउज़रमा सीमित एक्सटेंशन प्रयोग गर्न सकिन्छ जुन गुगल क्रोममा प्रयोग गर्न सकिदैन।
कम्पनीले केही वर्ष अगाडि एन्ड्रोइड प्लेटफर्ममा मोजिल्ला फ़ायरफ़ॉक्स ब्राउज़रको नयाँ भर्जन लन्च गरेको थियो। नयाँ भर्जनमा उपलब्ध रहेका फिचर्सहरुले एन्ड्रोइड यूजर्सलाई आफु तिर आकर्षित गर्न सफल भएको थियो। गुगल क्रोमको एक मात्र प्रतिस्पर्धीको रुपमा फ़ायरफ़ॉक्स ब्राउज़र लिन सकिन्छ। फ़ायरफ़ॉक्स ब्राउज़र उच्च स्पिडमा पेज लोड हुनुका साथै पेज स्क्रॉलिंग सजिलोसँग हुन्छ।



Mozilla Firefox
Google Chrome
धेरै एन्ड्रोइड प्रयोगकर्तालाई गुगल क्रोम ब्राउजर बारे थाहा छ होला किनकि यो ब्राउज़र हरेक एन्ड्रोइड फोनहरुमा pre-install भएर आउँछ। डेस्कटॉप र मोबाइलमा राम्रो ब्राउज़रको रुपमा परिचित गुगल क्रोम ब्राउज़रले हरेक 6 -6 हप्तामा क्रोमलाई अपडेट गरेको हुन्छ। अधिकांश एन्ड्रोइड ब्राउज़रहरु गुगल क्रोमको ओपन-सोर्स संस्करणमा आबद्ध छ त्यसै अन्य ब्राउज़र र क्रोम ब्राउजरमा केहि समान्ता भए पनि कम्पनीले समय समय नयाँ किसिमका फिचर्स समावेश गरि अपडेट गरि रहेको हुन्छ।
गुगल क्रोम ब्राउजर देखि डेस्कटॉपमा सिंक सपोर्ट गर्नुका साथै एन्ड्रोइड अटोफिल र पासवर्ड मैनेज पनि गर्न सकिन्छ। डेस्कटॉपमा एक्सटेंशन सपोर्ट गरे पनि मोबाइल भर्जनमा क्रोमले कुनै पनि एक्सटेंशन सपोर्ट गर्दैन। क्रोम ब्राउजरमा डार्क मुड इनएवल गरेको छ भने वेबसाइटमा डार्क मोड इनएवल नगरेको अबस्थामा पनि ब्राउजरले उक्त वेबसाइटलाई अटोमेटिक डार्क मुडमा परिवर्तन गरिदिन्छ।



Google Chrome
DuckDuckGo
गुगल सर्च इंजन जस्तै DuckDuckGo गोपनीयता समन्धित एक किसिमको वेव सर्च इन्जिन हो भनि धेरैलाई थाहा भए पनि DuckDuckGo सर्च इन्जिनको आफ्नै वेव ब्राउज़र छ भन्ने थाहा नहुन पनि सक्छ। अन्य ब्राउज़रले दिने सुविधा र DuckDuckGo ब्राउज़रले दिने सुविधामा तुलनात्मक रुपले कमि भएता पनि एन्ड्रोइड प्रयोगकर्ताले एक पटक प्रयोग गरि यसका राम्रो पक्ष बारे जानकारी लिनुपर्छ।
DuckDuckGo ब्राउज़रको मुख्य विशेषता भनेको एन्ड्रोइड प्रयोगकर्ताले यो ब्राउज़रमा कुनै पनि वेबसाइट सर्फ गरेर वेबसाइट बन्द गरिसके पछि कुकिज अटोमेटिक डिलेट हुन्छ र युजरले आफुलाई मन पर्ने वेबसाइटको कुकिज अटोमेटिक डिलेट नहुने सेटिङ पनि सेटअप गर्न सक्नेछ।
यूजर्सको ब्यक्तिगत विवरण अटोमेटिक सङ्कलन गर्ने वेबसाइटलाई बन्द गरिदिन्छ। DuckDuckGo ब्राउज़रमा यूजर्सले प्रयोग गरिरहेको वेबसाइटको गोपनीयता र सुरक्षा आधारमा उक्त वेबसाइट प्रयोग गर्न सुरक्षित छ छैन भनि जानकारी समेत दिन्छ।
DuckDuckGo ब्राउज़रमा वेबसाइटलाई डार्क मुडमा चलाउन सकिन्छ। यो ब्राउज़रमा पनि एक्सटेंशन प्रयोग गर्न सकिदैन । DuckDuckGo ब्राउज़र एन्ड्रोइड फोनमा प्रयोग गरेका डेटाहरुलाई डेस्कटॉपमा सिंक गर्न सकिदैन तर कम्पनिले केही समय भित्र डेस्कटॉपमा पनि सिंक गर्न मिल्ने फिचर्सको लागि काम गरि रहेको छ।


DuckDuckGo
Samsung Internet Browser
सामसुङ ईन्टरनेट ब्राउज़र क्रोममा आधारित भए पनि कम्पनिले कस्टम इंटरफ़ेस सामसुङ वन यूआई डिज़ाइनको प्रयोग गरि गुगुल क्रोम भन्दा फरक किसिमको अनुभव प्रदान गर्ने कोसिस गरिरहेको छ। अन्य ब्राउज़रले वेवसाइटमा डार्क मुड इनएवल भएको अवस्थामा मात्र डार्क मुड प्रयोग गर्न सकिन्छ तर सामसुङ ईन्टरनेट ब्राउज़रले जुनसुकै साइटलाई पनि डार्क मुडमा देखाउन सक्छ।
सुरुवाती चरणमा कम्पनीले सामसुङ ईन्टरनेट ब्राउज़र ग्यालेक्सी फोन र ट्याबलेटमा उपलब्ध गराएको थियो। प्रयोगकर्ताको सङ्ख्यामा विर्दि भए सङ्गै कम्पनीले 2017 मा सामसुङ ईन्टरनेट ब्राउज़र एन्ड्रोइड पेल्याटफम प्रयोग गर्ने सम्पूर्ण स्मार्टफोनहरुका लागि रिलीज गरेको थियो।
सामसुङ ईन्टरनेट ब्राउज़र देखि डेटाहरुलाई डेस्कटॉपमा सिंक गर्न सकिन्छ। अधिकांश क्रोम एक्सटेंशनलाई यो ब्राउज़रमा प्रयोग गर्न सकिन्छ। युटुब तथा वेबसाइटमा देखि विज्ञापनलाई एड-ब्लॉकिंग एप द्वारा ब्लॉक गर्न सकिन्छ



Samsung Internet Browser
Vivaldi Browser
विवाल्डी एन्ड्रोइड प्लेटफर्ममा नयाँ ब्राउज़र भए पनि यूजर्सलाई आवश्यक पर्ने सम्पूर्ण फिचर्स छ। विवाल्डी ब्राउजर क्रोममा आधारित छ भए पनि यसको डिजाइन र ईनइंटरफ़ेस ओपेरा सङ्ग मेल खान्छ किनकी विवाल्डी ब्राउज़रको डेवलपर पुर्ब ओपेराका कर्मचारी भएका कारण ओपेरा ब्राउजर जस्तै देखिन्छ तर प्रयोग गर्दा फरक अनुभव गर्नुहुन्छ। ब्राउज़र डेवलपर सम्बन्धित अनुभव भएका कर्मचारीले निर्माण गरेको हुनाले यो ब्राउज़र छोटो समयमा नै उत्कृष्ट ब्राउजर सुचि पर्न सफल भएकोछ।
विवाल्डी ब्राउजर डार्क मुडमा प्रयोग गर्न सकिन्छ। यो ब्राउज़र देखि डेस्कटॉपमा सिंक गर्न मुल्नु का साथै एन्ड्रोइड अटोफिलको पनि सुविधा छ। सामसुङ ईन्टरनेट ब्राउज़र भन्दा विवाल्डी ब्राउज़र चलाउन सजिलो र सेटिंग्स नेविगेट गर्न पनि सजीलो छ। विवाल्डी ब्राउजरमा विज्ञापन बन्द गर्न मिल्छ। वेबसाइट सर्फ गर्दा फुल-लेंथ स्क्रीनशॉट लिन मिल्नुका साथै प्राइवेसी ब्राउजर मुड अन गर्न सकिन्छ।



Vivaldi Browser
1 thought on “वेब सर्फिङका लागि ५ उत्कृष्ट एन्ड्रोइड ब्राउजरहरू|5 Best Android Browsers for web surfing in Nepali”