इन्टरनेट बिना 21औ शताब्दीको परिकल्पना पनि गर्न सकिदैन। सन 1983 मा पहिलो पटक इन्टरनेट प्रयोग गर्दा सोचिएको थिएन होला। अबको कहि वर्ष पछि दुनियाँ इन्टरनेट बिना अगाडि बढ्न सक्दैन भनेर। त्यस अनुरूप आधुनिक जीवनका हरेक क्रियाकलापमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा मानिसहरूलाई  इन्टरनेटले सहयोग गरिरहेको छ।
इन्टरनेट प्रयोग गरि हामी आफ्ना साथीलाई  इष्टमित्रहरु सङ्ग Video calling ,Voice calling लगायत अन्य तरिकाले दुख सुखको कुरा गर्न सकिन्छ।
Youtube,facebook, tiktok ,लगायत विभिन्न वेबसाइट apps हरुमा इन्टरनेटको प्रयोग गरि मनोरञ्जन, स्वास्थ्य, अर्थिक, सामाजिक, सम्बन्धित जानकारी छिटो र सरल रुपमा घरमै बसि थाहा पाउन सकिन्छ।

जसरी विश्व भरि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दैछ। त्यस अनुरूप नेपालमा पनि विगत केही वर्ष देखि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दैछ।नेपालमा अहिलेसम्म मोबाइल डेटा, cable broadband, fiber broadband जस्ता प्रविधिबाट इन्टरनेट सेवा विभिन्न कम्पनी मार्फत उपलब्ध छ ।

नेपालमा GSM technology प्रयोग गरि नेपाल टेलिकम, Ncell,Smartcell जस्ता कम्पनीले सेवा उपलब्ध गराएका छन। Broadband cable र fiber broadband technology प्रयोग गरि worldlink,vianet,Nepal telecom गरि 39 कम्पनी मार्फत देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा उपलब्ध गराएका छन।

के तपाईँहरूलाई नेपालमा रहेका विभिन्न इन्टरनेट कम्पनीबाट आवश्यकता अनुसार इन्टरनेट प्याकेज लिनुभएको छ होला। कम्पनीले सम्झौताअनुसार इन्टरनेट स्पिड उपलब्ध गराएका छन् छैन एक पटक अनिवार्य टेस्ट गर्नुहोस । कसरी सजिलोसँग इन्टरनेट स्पिड टेस्ट गर्ने बारेमा जानकारी दिनेछु।

  • सुरुमा आफूसँग भएको मोबाइल, ल्यापटप, कम्प्युटर अथवा ट्याबलेट मा आफूले टेस्ट गर्न चाहेको इन्टरनेट कनेक्ट गर्नुहोस अब कुनैपनि इन्टरनेट ब्राउजर खोल्नुहोस।
  • ब्राउजरमा रहेको search engine जस्तै google, bing, ask को पेज खोलि internet speed test लेखि search गर्नुहोस।
  • अब screen मा विभिन्न वेबसाइट देखिने छन।सुरुका तिन ओटा वेबसाइट मध्ये कुनै एकमा थिच्नुहोस ।
  • म तपाईँहरूलाई speedtest.net देखि स्पिड टेस्ट गर्न सुझाव दिन छु किनकि यो वेबसाइटमा download speed र upload speed को विवरण साथै विभिन्न देशको इन्टरनेट स्पिड अभिलेख समेत हेर्नसकिन्छ।
  • Speedtest.net मा click गर्नुहोस तपाईँको screen मा speedtest.net को होमपेज खुल्छ। त्यसमा देखिएको Go मा click गर्ने। इन्टरनेटको स्पिड टेस्ट  सुरु भएको 15-20 सेकेन्डमा नै रिपोर्ट sceeen मा देखिनेछ।
  • तल फोटोमा देखिए जस्तै तपाईँले टेस्ट गर्नु भएको इन्टरनेट स्पिड टेस्टको रिपोर्ट उपलब्ध हुनेछ। मैले 3Mbps speed भएको इन्टरनेट प्याकेज खरिद गरेको थिए speedtest.net देखि स्पिड टेस्ट गर्दो  download 2.96 र upload 2.80 देखिएको छ।  यसरी आफुले चाहेको इन्टरनेट स्पिड  थाहा पाउन सकिन्छ।
Internet speed test
  • Apps देखि पनि टेस्ट गर्न सकिन्छ यसको लागि आफ्नो मोबाइलमा रहेको google play  अथवा appstore मा इन्टरनेट स्पिड टेस्ट type गरि search गर्नुहोस । screen मा स्पिड टेस्ट सम्बन्धित विभिन्न application देखिन्छ त्यस मध्ये दोस्रो नम्बरमा रहेको apps download गरि खोल्नुहोस  अब  मोबाइलको screen मा Go लेखिएको पेज खुल्छ थिच्नु केही समयको प्रतीक्षा पछि आफूले चाहेको इन्टरनेटको स्पिड पत्ता लगाउन सकिन्छ। यसरी तपाईँहरूले  आफ्नो इन्टरनेट स्पिड कम्प्युटर अथवा मोबाइल प्रयोग गरि थाहा पाउन सक्नुहुन्छ।
Internet speed test

इन्टरनेटको स्पिड सुधार गर्न 9 तरिकाहरु

2 thoughts on “इन्टरनेटको स्पिड टेस्ट गर्ने तरिकाहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *