कसरी सामसुङ मोबाइलमा एपलाई सिलिपिङ मुडमा राखि ब्याट्री खपत कम गर्ने

सामसुङ स्मार्टफोनको ब्याट्री क्यापासिटि अन्य फोनहरुको तुलनामा राम्रो भएता पनि  प्रयोग गर्दै जादा ब्याट्री छिटो सकिने समस्याले सताउॅने गर्छ। सामसुङ मोबाइल मात्र नभई आइफोन, ओप्पो ,साओमी, रियलमी जस्ता स्मार्टफोनमा पनि यस किसिमको समस्या देखा पर्ने गर्छ। मोबाइल सेट अनुसार हरेक स्मार्टफोनहरुको आ-आफ्नो ब्याट्री चार्ज खपत कम गर्ने उपाय हुन्छ। सामसुङ मोबाइल पनि अन्य मोबाइलमा जस्तै ब्याट्री खपत कम गर्ने उपायहरू कम्पनीले विभिन्न समयमा आफ्ना प्रयोगकर्तालाई जानकारी दिदै आएकोछ। कम्पनीले जानकारी दिए मध्ये आज म प्रयोग कम प्रयोग हुने एपलिकेशन हरुलाई  अटोमेटिक र मेनुयल सिलिपिङ् मुडमा रूपान्तर गरि स्मार्टफोनको ब्याट्री खपत कम गर्ने उपाय बारे जानकारी दिने छु। यसको लागि यो आर्टिकल पुरा पढ्नु होला। मन पर्यो भने शेयर पनि गरि दिनु होला।

सामसुङ मोबाइलमा एपलाई सिलिपिङ् मुडमा राख्नुका फाइदा

सामसुङ स्मार्टफोनमा कम प्रयोग हुने एपलिकेशनलाई सिलिपिङ मुडमा राख्दा स्मार्टफोनको प्रफोमेन्शमा सुधार आउनु का साथै अनावश्यक एपहरु ब्याक ग्राउनडमा रनिङ्ग हुन् पाउँदैन र अर्को महत्वपूर्ण कुरा स्मार्टफोनको ब्याट्री आयु बढ्नुका साथै फोनको चार्ज पनि लामो समयसम्म टिकिरहन्छ। किनकि स्मार्टफोन अन गरे देखि नै  विभिन्न एपहरु अटोमेटिक रनिङ्ग गर्छन र फोन प्रयोग गर्दै जादा प्रयोग गरिएका एपहरु पनि ब्याक ग्राउनडमा थपिदै जान्छन्। प्रयोग गरेर बन्द गरेका एपहरु पनि ब्याक ग्राउनड रनिङ्ग गरेका हुन्छन जसका कारण फोनको ब्याट्रीलाई छिटो सकिन्छ र प्रफोमेन्शमा पनि कमि आउछ। त्यसै सामसुङ मोबाइलमा कम प्रयोग हुने एपलिकेशनलाई सिलिपिङ मुडमा राख्दा प्रयोगकर्तालाई ब्याट्री खपत र प्रफोमेन्शमा फाइदा हुन्छ।

सामसुङ मोबाइलमा सिलिपिङ मुडका प्रकारहरू 

सामसुङ स्मार्टफोनमा प्रयोगकर्ताले आफ्नो इच्छा चाहना अनुसार आफूले कम प्रयोग गर्ने एपलिकेशन लाई सिलिपिङ मुडमा राख्न सक्छन। प्रयोगकर्ताले स्मार्टफोनमा सिलिपिङ मुडमा राखेका एपलिकेशनहरु कुनै समयमा प्रयोग गर्ने अवस्था आउँन सक्छ्। त्यसै सामसुङ कम्पनीले यस किसिमको समस्यालाई मध्यनजर गरि आफ्नो स्मार्टफोनमा विभिन्न प्रकारका सिलिपिङ मुड उपलब्ध गराएको छ।

सामान्य सिलिपिङ मुड

सामसुङ स्मार्टफोनमा प्रयोगकर्ताको सहजतालाई ध्यानमा राखि कम्पनीले सामान्य सिलिपिङ मुड उपलब्ध गराएको छ। यसको नामबाट नै काम बारे केहि अन्दाज गर्न सकिन्छ। सामान्य सिलिपिङ मुडमा एपलिकेशन कहिले काहि मात्र ब्याक ग्राउनडमा रनिङ्ग गर्छन र नोटिफिकेशन र अपडेट पनि ढिलो गरि प्राप्त हुन्छ। स्मार्टफोन प्रयोगकर्ताले आफूले कहिले काहि मात्र प्रयोग गर्ने एपहरुलाई  सामान्य सिलिपिङ मुडमा एड् गर्न सक्छन। 

  • सामसुङ मोबाइलको सेटिङ पेज खोल्ने। 
  • अब सेटिङ पेजमा रहेको battery and device care मा क्लिक गर्ने।
  • device Care पेजमा रहेको battery मा क्लिक गर्ने। 
  • Battery पेज खोलि सकेपछि background usage limits मा क्लिक गर्ने।
  • Background usage limits खुलि सकेपछि एक पटक put unused apps to sleep फिचर्स activate, छ छैन चेक गर्ने अफ छ भने अन गर्ने।
  • पहिलो नम्बरमा रहेको सामान्य सिलिपिङ मुडमा क्लिक गरि + आइकनमा पनि क्लिक गर्ने। 
  • अब आफुले चाहेको एपलिकेशनलाई सामान्य सिलिपिङ मुडमा एड् गर्ने। 

डिप सिलिपिङ मुड 

सामसुङ स्मार्टफोन प्रयोगकर्ताले डिप सिलिपिङ मुडमा एपलिकेशन बाट कुनै पनि नोटिफिकेशन र अपडेट आवश्यक नपर्ने एपलिकेशनलाई एड् गर्न सक्छन । यसरी डिप सिलिपिङ मुडमा राख्दा एपलिकेशनहरु कहिले पनि ब्याक ग्राउनडमा रन गर्दैन। स्मार्टफोन प्रयोगकर्ताले डिप सिलिपिङ मुडमा एड् गरेको एपहरु आवश्यक परेको समय प्रयोग गर्न सकिन्छ र एपहरुले  पूर्ण रूपमा काम गर्छ। डिप सिलिपिङ मुडमा एपलिकेशन एड गरेर प्रयोग गर्दा फोनको प्रफोमेन्श पनि राम्रो हनुका साथै ब्याट्री कम खपत हुन्छ। 

  • सामसुङ मोबाइलको सेटिङ पेज खोल्ने। 
  • अब सेटिङ पेजमा रहेको battery and device care मा क्लिक गर्ने।
  • device Care पेजमा रहेको battery मा क्लिक गर्ने। 
  • Battery पेज खोलि सकेपछि background usage limits मा क्लिक गर्ने।
  • Background usage limits खुलि सकेपछि एक पटक put unused apps to sleep फिचर्स activate, छ छैन चेक गर्ने अफ छ भने अन गर्ने।
  • दोस्रो नम्बरमा रहेको डिप सिलिपिङ मुडमा क्लिक गर्ने। 
  • डीप सिलिपिङ मुड पेजमा +आइकन रहेको छ त्यसमा क्लिक गरि आफुले राख्न चाहेको एपहरु एड गर्ने

नेभर सिलिपिङ मुड

स्मार्टफोनमा विभिन्न किसिमका एपलिकेशनहरु हुन्छन।कुन एप कहिले प्रयोग गर्ने कुन एप किन प्रयोग गर्ने यो कुरा स्मार्टफोन प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार एपलिकेशनलाई वर्गिकरण गर्न सक्छन। सामान्य सिलिपिङ मुड जस्तै नेभर सिलिपिङ मुड पनि नामबाट नै यसको काम बारे अन्दाज गर्न सकिन्छ। नेभर सिलिपिङ मुडमा कस्ता किसिमका एपहरु एड् गर्ने प्रश्न पनि उब्जिन सक्छ।नेभर सिलिपिङ मुडमा प्रयोगकर्ताले आफुले सधै प्रयोग गर्ने एपलिकेशनलाई  एड् गर्न सक्ने छन।नेभर सिलिपिङ मुडमा एड गरेको एपलिकेशन सधै ब्याक ग्राउनडमा रनिङ्ग गरिरहेका हुन्छन उक्त एपहरु प्रयोग नगरेको बेलामा पनि रनिङ्ग गर्छन। साथै एपलिकेशन हरुको नोटिफिकेशन र अपडेट पनि रेगुलर प्राप्त भइरहेको हुन्छ। 

  • सामसुङ मोबाइलको सेटिङ पेज खोल्ने। 
  • अब सेटिङ पेजमा रहेको battery and device care मा क्लिक गर्ने।
  • device Care पेजमा रहेको battery मा क्लिक गर्ने। 
  • Battery पेज खोलि सकेपछि background usage limits मा क्लिक गर्ने।
  • Background usage limits खुलि सकेपछि एक पटक put unused apps to sleep फिचर्स activate, छ छैन चेक गर्ने अफ छ भने अन गर्ने।
  • तेस्रो नम्बरमा रहेको नेभर सिलिपिङ मुडमा क्लिक गर्ने। 
  • नेभर सिलिपिङ मुड पेजमा +आइकन रहेको छ त्यसमा क्लिक गरि आफुले साधै प्रयोग गर्न एपलिकेशनहरु एड गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *