कसरी सामसुङ मोबाइलको स्टोरेज स्पेस वृद्धि गर्ने

सामसुङ स्मार्टफोन होस् वा अन्य स्मार्टफोनहरु खरिद गरेको केहि समयसम्म Internal storage स्पेस धेरै हुन्छ तर प्रयोग गर्दै जाँदा विस्तारै विस्तारै फोनको Internal storage मा कमि आउछ। यसका पछाडि विभिन्न कारण भएता पनि मुख्य कारण  कम स्टोरेज भएको स्मार्टफोन खरिद गर्नु, धेरै एपलिकेशन इन्स्टल गर्नु,आवश्यकता भन्दा धेरै मिडिया फाइल सेभ गरि राख्दा पनि स्टोरेज स्पेस कम हुन्छ। सामसुङ मोबाइल प्रयोगकर्तालाई थाहा नै छ होला  उच्च स्टोरेज स्पेस भएका स्मार्टफोनहरु प्रयोग गर्दा पनि स्टोरेज स्पेस कम हुन जान्छ। सामसुङ मोबाइलको स्टोरेज स्पेस बढाउँदा प्रफोमेन्श पहिले भन्दा राम्रो हुन्छ र ब्याट्री पनि कम खपत हुन्छ। यसका साथै फोनमा आफुले चाहे अनुसारको फोटो, भिडियो लगायत अन्य थुप्रै डिजिटल सामग्री स्टोर गर्न सकिन्छ। आज म तपाईँहरूलाई सामसुङ मोबाइलमा स्टोरेज स्पेस बढाउने उत्कृष्ट तरिका बारे जानकारी दिनेछु। यसको लागि यो आर्टिकल पुरा पढ्नु होला।

स्टोरेज स्पेस बढाउनुका फाइदाहरू

धेरै कारणले प्रफोमेन्शमा असर परेको भए पनि कमजोर प्रफोमेन्शको मुख्य कारण Internal storage को कमी नै हो। स्मार्टफोनको प्रफोमेन्श राम्रो बनाउॅनको  लागि  अनिवार्य Internal storage बढाउॅनु पर्छ। Internal storage कमि का कारण स्मार्टफोन स्लो हुन्छ, ह्याङ्ग हुन्छ र ब्याट्री चाँडै सकिन्छ । यो समस्या समाधानको निम्ति फोनको Internal storage स्पेस बढाउनु पर्छ।  फोनमा  Internal storage वृद्धि भए सङ्गै प्रयोगकर्ताहरूले आफूले चाहेको गेम इन्स्टल गरि खेल्न सक्छन र फोटो, भिडियोहरू सहित अन्य धेरै डिजिटल सामग्री स्टोर गर्न सक्छन।

अनावश्यक डेटा डिलेट गर्ने

स्मार्टफोनको स्टोरेज क्षमता बढि भएता पनि प्रयोगकर्ताले प्रयोग गर्दै जाँदा विभिन्न किसिमका अनावश्यक डेटा ,फोटो एपलिकेशनहरु थपिदै जान्छ। जसका कारण स्मार्टफोनको स्टोरेज स्पेस कम हुदै जान्छ। स्मार्टफोनमा प्रयोगकर्ताले  अनावश्यक  भिडियो,फोटो,एपलिकेशन हरु डिलेट गरि स्टोरेज स्पेस बढाउने तरिका थाहा भए पनि ब्राउजर र एपलिकेशन भित्र स्टोर भएका डेटा cache कसरी डिलेट गर्ने थाहा नहुन पनि सक्छ। ब्राउजर, एपलिकेशन भित्रको अनावश्यक डेटा cache डिलेट गर्दा स्मार्टफोनको स्टोरेज स्पेस बढ्नुका साथै फोनको प्रफोमेन्शमा पनि सुधार आउछ। 

ब्राउजरहरूमा अनावश्यक cache तरिका डिलेट गर्ने

एपलिकेशनको डेटा cache डिलेट गर्नु तरिका

  • स्मार्टफोनको सेटिङ पेज खोल्नुहोस
  • सेटिङ पेजमा रहेको apps मा क्लिक गर्नुहोस। 
  • अब आफुले डिलेट गर्न चाहेको एपलिकेशमा क्लिक गर्नुहोस। 
  • App info पेज खुलिसके पछि storage मा क्लिक गर्नुहोस। 
  • Storage पेजमा रहेको clear data र clear cache लाई डिलेट गर्न सक्नुहुन्छ।

Trash फोल्डरको सबै डेटा डिलेट गर्न

स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा स्टोर भएको अनावश्यक फोटो, भिडियो,म्यासेज, लगायत अन्य फाइलहरू डिलेट गर्छन। तर यसरी डिलेट गरेको डेटा पूर्ण रुपले डिलेट भएको हुदैन। किनकि आज भोलिका स्मार्टफोनहरुमा trash भन्ने फिचर्स उपलब्ध रहेको छ, जसका कारण स्मार्टफोन प्रयोगकर्ताले डिलेट गरेको फाइल trash फोल्डरमा स्टोर हुन्छ। trash फोल्डरमा स्टोर हुने  फाइलहरुले पनि स्मार्टफोनको स्टोरेज स्पेस असर पार्छ। स्मार्टफोन प्रयोगकर्ताले मेन फोल्डर देखि डिलेट गरेका फाइलहरू लाई trash फोल्डर देखि डिलेट गरि सकेपछि मात्र स्टोरेज स्पेस बढ्छ।। trash फोल्डरमा स्टोर भएका  फाइल 30 days सम्म मात्र रहन्छ। 30 days पछि अटोमेटिक डिलेट हुन्छ। 

अनलाइन स्टोर प्लेटफर्म प्रयोग गर्ने

सामसुङ स्मार्टफोन प्रयोगकर्ता लगायत अन्य स्मार्टफोन प्रयोगकर्ताहरूलाई विभिन्न अनलाइन स्टोरेज प्लेटफर्महरुले नि:शुल्क cloud स्टोरेज सुविधा उपलब्ध गराउदै आएका छन्। सामसुङ स्मार्टफोनमा भएका फोटो, भिडियो, डकोमेन्ट लगायत अन्य डिजिटल सामग्री अनलाइन स्टोरेज प्लेटफर्ममा सजिलोसँग स्टोर गर्न सकिन्छ।यसरी अनलाइन प्लेटफर्ममा स्टोर गर्दा स्मार्टफोनको स्टोर स्पेस बढ्नुका साथै उक्त डकोमेन्टहरु कम्प्युटर ल्यापटप देखि पनि प्रयोग गर्न सकिन्छ।

सामसुङ स्मार्टफोनका लागि One drive  कम्पनीले 6जीबी सम्म स्टोर सुविधा दिएको छ।  गुगल कम्पनीले गुगल ड्राइव मार्फत नि:शुल्क 15 जीबी सम्म स्टोर गर्न सुविधा उपलब्ध गराएको छ। अन्य अनलाइन स्टोरेज कम्पनीहरूले पनि नि:शुल्क रुपमा यस किसिमको सुविधा दिदै आएका छन। सामसुङ स्मार्टफोन प्रयोगकर्ताहरुले आफु सङ्ग भएको डिजिटल सामग्रीलाई अनलाइन स्टोरेज प्लेटफर्म स्टोर गरि आफ्नो फोनको ईन्टरनल स्टोरेज स्पेस बढाउन सक्छन।

SD card प्रयोग गर्ने

सामसुङ स्मार्टफोनमा 1TB सम्मको SD Card प्रयोग गर्न सकिन्छ। फोनको स्टोरेज स्पेस बढाउनको लागि सबै भन्दा सजिलो उपाय SD card को प्रयोग नै हो। स्मार्टफोन प्रयोगकर्ताले आफुसङ्ग भएको फोटो,भिडियो, डकोमेन्ट,लगायत अन्य थुप्रै डिजिटल सामग्री SD card मा स्टोर गर्न सक्छन। डिजिटल सामग्री स्टोर गर्दा स्मार्टफोनको स्टोरेज स्पेस बढ्नुका साथै SD card मा भएको डिजिटल सामग्री अन्य स्मार्टफोन, ल्यापटप मा पनि प्रयोग गर्न सकिन्छ र लामो समय सम्म पनि स्टोर गरि राख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *