एलोन मस्क र गुगलका पूर्व कर्मचारी  इगोर बाबुश्किनले  च्याट जीपीटीको वैकल्पिक एआई रिसर्च टिम बारे छलफल गरेका छन। ओपनएआई द्वारा निर्मित च्याटबोट च्याट जीपीटी को सफलता पछि विभिन्न टेक कम्पनीहरुले नयाँ एआई च्याटबोटमा काम गरि रहेका छन्। यसको पछिल्लो उदाहरणको रुपमा गुगल बार्ड एआई , फेसबुक LLaMA AI, चिनियाँ खोज इन्जिन Baidu  ले पनि Ernie Chatbot अन्तिम चरण रहेको घोषणा गरेको थियो। एलोन मस्कले पनि एआई परियोजनाको प्रतिस्पर्धामा आफुलाई पनि सामेल गर्ने भएका छन।

एलोन मस्कको आर्टिफिशियल इंटेलिजेंस प्रतिको मोहले पुन उनलाई एआई परियोजना ल्याएको छ।यो परियोजनाका लागि गुगलका पुर्ब कर्मचारी इगोर बाबुश्किन सङ्ग सहकार्यको लागि विभिन्न चरणमा छलफल भएको थियो। इगोर बाबुश्किन गुगलको सहायक कम्पनीमा लामो समयसम्म वरिष्ठ एआई रिसर्च इंजीनियर रुपमा काम गरेको अनुभव छ। इगोर बाबुश्किनले बताए अनुसार  एआई रिसर्च टिम बारे छलफल भएको थियो तर उनि यो परियोजनामा सहमत भएका छैन। रिपोर्ट अनुसार एलोन मस्कको रिसर्च लैब प्रारम्भिक चरणमा रहेको छ ।

एलोन मस्कले नै 2015 मा वर्तमान ओपनएआई सीईओ  साम अल्टम्यान सङ्ग मिलेर ओपनएआई को सुरुवात गरेका थिए। एलोन मस्कले ओपनएआई मा 3 बर्ष सम्म सह-सस्थापक रुपमा सहकार्य गरेका थिए  तर 2018 मा निर्देशक बोर्ड  बाट राजीनामा दिएका थिए। च्याट जीपीटीको  सफलता पछि  उनले खुलेर ओपनएआईको प्रसंशा गरेका छन।

यो पनि पढ्नुहोस: Chat GPT भनेको के हो । यसको इतिहास

Leave a Reply

Your email address will not be published. Required fields are marked *