गुगलले हरेक बर्ष आफ्नो विभिन्न प्रोडकहरुमा नयाॅ किसिमको फिचर्स समावेश गर्छ। यो बर्ष पनि एन्ड्रोइड प्लेटफर्ममा केहि नयाॅ फिचर्स लन्च गरेको छ । Feb 27 देखि March 2 सम्म स्पेनको बार्सिलोनामा आयोजित विश्वको सबैभन्दा ठूलो मोबाइल इकोसिस्टम MWC कार्यक्रममा विभिन्न मोबाइल कम्पनीहरु आफ्नो नयाॅ प्रोडक बारे जानकारी दिएका थिए। यसै अवसरमा गुगलले पनि एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाॅ फिचर्स बारे जानकारी दिएको थियो। यि सुविधाहरू स्मार्टफोन,स्मार्टवाच,ट्याबलेट क्रोमबुकमा प्रयोग गर्न सकिन्छ। गुगलले एन्ड्रोइड प्लेटफर्ममा ल्याएका केही सुविधाहरू अहिले उपलब्ध छन्। अन्य सुविधाहरूको लागि तपाईंले केही समय कुर्नुपर्नेछ।
Table of Contents
Freehand annotation
अफलाइन प्रयोगको लागि डकोमेन्टलाई PDF ढाँचामा रूपान्तरण गरि सेभ गर्नुपर्छ। यसरी सेभ गरेको PDF फाइलमा रहेको महत्वपूर्ण कुरालाई हाइलाइट वा मार्क गर्नु परेमा माइक्रोसफ्टको विभिन्न प्रोडक देखि वा अन्य PDF एडिटिङ् एप प्रयोग गरि एडिटिङ् गर्नुपर्छ। गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई यस किसिमको समस्या समाधानका लागि गुगल ड्राइव देखि PDF फाइलमा रहेक महत्त्वपूर्ण कुरालाई स्टाइलस वा औंला मद्दतले मार्क गर्न मिल्ने सुविधा लन्च गरेको छ।
Noise cancelation
तपाईहरु गुगल मिट जुम जस्ता मिटिङ एपमा प्रयोग गरेको बेला कुनै सानो आवजले पनि डिस्टब गर्न सक्छ। यस्तो अवस्थामा गुगलको एडवांस्ड नॉइज़ कैंसलेशन फिचर्सले मात्रमा तपाईँहरूलाई राहत दिन सक्छ।किनकि यो सुविधाले अघिल्लो नॉइज़ कैंसलेशन संस्करण भन्दा राम्रोसँग ब्याक ग्राउनड आवाजलाई कम गरिदिनेछ। यो सुविधा एन्ड्रोइड प्लेटफर्म प्रयोग गर्ने धेरै स्मार्टफोनहरूमा पनि थपिनेछ। जसका कारण एन्ड्रोइड प्रयोगकर्ताहरूलाई ब्याकग्राउन्डको आवाजका कारण कुरा गर्न सुनसान ठाउँमा जाने समस्याको अन्त्य हुनेछ ।
Page zoom
एन्ड्रोइड प्लेटफर्मको लागि गुगलले लन्च गरेको नयाॅ फिचर्सले क्रोम ब्राउजरमा 300% सम्म पेज जुम गर्न अनुमति दिन्छ। एन्ड्रोइड र ट्याबलेट प्रयोगकर्ताले आफुले चाहेको वेब पेजलाई 300 % सम्म जुम गर्न सक्नेछ।यसको लागि क्रोम ब्राउजरको सेटिङ र accessibility मा क्लिक गरि 300% पेज जुम सेट गर्नुपर्छ। एक पटक सेट गरि सके पछि पुन accessibility मा गई पेज जुम सेटिङ परिवर्तन गर्नु पर्दैन। हालको लागि यो सुविधा क्रोम बेटामा मात्र उपलब्ध छ। केहि समय पछि गुगल क्रोमको सम्पूर्ण ब्राउज़रमा प्रयोग गर्न मिल्नेछ।
New emoji combinations
गुगलले एन्ड्रोइड प्लेटफर्मका विभिन्न डिभाइसमा kitchen इमोजीको सुरुवात गरेको छ। गुगलको जीबोर्डमा केहि समय पहिले देखि नै kitchen इमोजी समावेश गरेको थियो । अब अन्य एन्ड्रोइड डिभाइसमा पनि उपलब्ध हुनेछ।
1 thought on “गुगलले एन्ड्रोइड फोनमा थप्दैछ नयाँ सुविधाहरू |Google is adding new features to Android phones in nepali”