5 android features google copy from ios

गुगल र एप्पलले आ-आफ्नो अपरेटिङ सिस्टममा नयाॅ सुविधाहरु समावेश गरि स्मार्टफोन प्रयोगकर्तालाई आफु तिर आकर्षित गर्न चाहन्छन। यि दुई ऑपरेटिंग सिस्टमको आ-आफ्नो प्रयोगकर्ताहरू छन। आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टम एक अर्काको  प्रतिस्पर्धी मात्र  नभई एक अर्काको फिचर्स पनि कापी गर्छन। यो लेख देखि एन्ड्रोइड फोनले आईओएस  देखि कापी गरेका केहि फिचर्स बारे जानकारी दिनेछु।

Gesture Navigation 

गुगलले  एप्पल आईओएस अपरेटिङ सिस्टम देखि जेस्चर नेभिगेसन सुविधा कापी गरि आफ्नो एन्ड्रोइड ओएसमा  समावेश गरेको थियो। एप्पलले 2017 मा लन्च भएको आईफोन एक्समा पहिलो पटक एप्पलले जेस्चर नेभिगेसन फिचर्सको सुरुवात गरेको थियो। एप्पलमा जेस्चर नेभिगेसन सुविधा लन्च भएको एक वर्ष पछि अर्थात 2018 मा  गुगलले एन्ड्रोइड पाई  भर्जन  देखि जेस्चर नेभिगेसन फिचर्स विभिन्न फोनहरुमा उपलब्ध गराएको थियो। जेस्चर नेभिगेसन फिचर्स एन्ड्रोइड 9 मा रिलीज हुनु भन्दा पहिलेका सबै एन्ड्रोइड फोनहरुमा  फिजीकल बटनको प्रयोग हुन्थ्यो। जेस्चर नेभिगेसन भनेको स्मार्टफोनको तल पट्टीको स्क्रीनलाई माथि तिर स्वाइप गरिसके पछि मेनु, ब्याक, रनिङ्ग एप देखिने सुविधालाई भनिन्छ। तर आइफोनमा  मेनु मात्र देखिन्छ।  

Granular permissions privacy tools

एन्ड्रोइड फोनमा गुगलले आईओएस भन्दा छिटो नयाॅ फिचर्स अपडेट गरेपनि आईओएस देखि एन्ड्रोइड अपरेटिङ सिस्टममा कापी गरेका धेरै उदाहरण छन।  यसको रुपमा अनुमति गोपनीयता उपकरण लाई लिन सकिन्छ। स्मार्टफोनमा एपलिकेशन प्रयोग गरेको बेला  स्क्रीनको माथि दायाँ पट्टी  हरियो रङको थोप्ला देखिन्छ यसलाई प्राइवेसी टुल सङ्केतको रुपमा लिन सकिन्छ।एप प्रयोग गर्दा  क्यामेरा, माइक्रोफोन ,लोकेशन बारे प्राइवेसी टुलले जानकारी दिन्छ।  एप्पलले आईओएस 14  देखि प्राइवेसी टुलको सुरुवात गरेको थियो। आईओएस ऑपरेटिंग सिस्टममा प्राइवेसी टुल अपडेट भएको 1 वर्ष पछि एन्ड्रोइड 12 बाट विभिन्न एन्ड्रोइड फोनहरुमा प्राइवेसी टुल सुविधा उपलब्ध भएको थियो। 

Face recognition

आज भोलिका हरेक स्मार्टफोनहरु फेसबाट अनलक गर्ने सकिन्छ।  फेस अनलक सुविधा उपलब्ध गराउने अपरेटिङ सिस्टममा एन्ड्रोइड ओएस भन्दा पहिला आईओएसले फेसबाट फोन अनलक गर्ने सुविधाको सुरुवात गरेको थियो।   एप्पलले  2017 मा लन्च गरेको  आइफोन एक्स मा फेस आइडि सुविधा आफ्ना प्रयोगकर्ताका लागि उपलब्ध गराएको थियो। एन्ड्रोइड फोनले पनि आइफोनको कपी गर्दै 2018 मा फेस अनलक नाम दिएर यो सुविधा एन्ड्रोइड 10 मा उपलब्ध गराएको थियो।

Blue lights filter

ब्लु लाइट फिल्टरले स्मार्टफोनको स्क्रीन देखि  निस्किने प्रकाशबाट आँखालाई जोगाउछ। यो फिचर्सले धेरे लामो समयसम्म फोन प्रयोग गर्ने स्क्रीन लाइट बढि बनाइ प्रयोग गर्ने मानिसहरूको आँखामा कम असर गर्छ। एप्पलले ब्लु लाइट फिल्टरको सुरुवात 2016 मा लन्च भएको आईओएस 9.3बाट गरेको थियो। त्यस पछि मात्र ब्लु लाइट फिल्टर फिचर्स एन्ड्रोइड प्रयोगकर्ताले 2017 मा लन्च भएको एन्ड्रोइड 8 देखि प्रयोग गर्न पाएका थिए।  गुगलले एन्ड्रोइड 11  देखि ब्लु लाइट फिल्टरको नाम परिवर्तन गरि eye comfort shield राखेको छ।

Screen recording

गुगलले आफ्नो प्लेटफर्ममा स्क्रिन रेकर्डिङ  सुविधा एप्पल आईओएस अपरेटिङ सिस्टममा उपलब्ध भएको 3 वर्ष पछि  रिलीज गरेको थियो।  2017 मा रिलीज भएको आईओएस 11 देखि आइफोन प्रयोगकर्ताले आफ्नो स्मार्टफोनको स्क्रीनलाई  विना एप स्क्रीन रेकर्डिङ गर्न मिल्ने अपडेट गरेको थियो।एन्ड्रोइड फोनले आईओएसको कापी गर्दै 2020 मा लन्च भएको एन्ड्रोइड 11 बाट स्क्रीन रेकर्डिङ सुविधा आफ्नो प्रयोगकर्तालाई उपलब्ध गराएको थियो।तर एन्ड्रोइड  प्लेटफर्ममा विभिन्न एपलिकेशन माध्यमबाट  स्क्रीन रेकर्डिङ गर्न मिल्थो।  एपको मद्दतले स्क्रीन रेकर्डिङ गर्न मिल्ने भयपनि एप विना स्क्रीन रेकर्डिङ गर्न मिल्ने सुविधा आईओएस पछाडि उपलब्ध भएको थियो।

यो पनि पढ्नु होस्: गुगलले एन्ड्रोइड फोनमा थप्दैछ नयाँ सुविधाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *