Top 5 ios features Apple copy from Android

आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमहरू संसारका अधिकांश स्मार्टफोनहरूमा प्रयोग हुन्छ। यि दुई प्लेटफर्मका आ आफ्ना लोयाल प्रयोगकर्ताहरू छन। एक अर्काको कट्टर प्रतिस्पर्धीको रुपमा परिचित आईओएस र एंड्रॉइड ऑपरेटिंग सिस्टमले आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट सुविधा  राम्रो युजर्स अनुभव  दिन चाहन्छन। यसको लागि सधै प्रयत्‍नरत छन। एक अर्काका प्रतिस्पर्धी भएता पनि एक अर्काको नयाॅ नयाॅ फिचर्स कापी गर्न माहिर छन। कहिले एन्ड्रोइडले आईओएस ऑपरेटिंग सिस्टमको फिचर्स कापी गर्छ। कहिले आईओएसले एन्ड्रोइड ऑपरेटिंग सिस्टमको फिचर्स  कापी गर्छ। यि दुई ऑपरेटिंग सिस्टमले भविष्यमा पनि एक अर्काको फिचर्स कापी गरि रहने छन। आईओएस ऑपरेटिंग सिस्टमले एन्ड्रोइड देखि कापी गरेको केहि उत्कृष्ट फिचर्स बारे जानकारी दिने छु। यसको लागि यो लेख पुरा पढ्नु होला।

Home screen widgets

एप्पलले आईओएस ऑपरेटिंग सिस्टममा नभएको सुविधाहरु  एन्ड्रोइड फोनहरु देखि कापी गर्छ। उदाहरणको रुपमा होम स्क्रिन विजेटलाई लिन सकिन्छ। गुगलले यो फिचर्स आइफोनमा लन्च हुनु भन्दा पहिले नै एन्ड्रोइड फोनहरुमा उपलब्ध गराएको थियो। होम स्क्रीनमा प्रयोगकर्तालाई आवश्यक पर्ने एपहरुको विभिन्न फिचर्स विजेटको रुपमा सेट गर्न सकिन्छ। जुन कुरा एन्ड्रोइड प्रयोगकर्तालाई धेरै पहिले नै थाहा थियो। तर आईओएस प्रयोगकर्ताले 2020 मा लन्च भएको आईओएस 14 देखि मात्र प्रयोग गर्न पाएका थिए।

आइफोनमा होम स्क्रिन विजेट 3 फरक साइजमा सेट गर्न सकिन्छ। एन्ड्रोइड फोनहरुमा यो फिचर्सले राम्रोसँग काम गरे पनि आईओएस ऑपरेटिंग सिस्टममा भने विभिन्न समस्या देखा परेको छ। आइफोनमा यो सुविधा सेट गरि सकेपछि  विजेट डाटाहरु राम्रोसँग  रिफ्रेरेस हुदैन। तर एप्पलले आईओएस 17 देखि यो समस्या समाधान गर्ने बताएको छ।

Esim

धेरै स्मार्टफोन कम्पनीहरुले आफ्नो फोनमा Esim को अवधारणा ल्याएका छन। गुगलले 2017 मा pixel 2 मा पहिलो पटक Esim को सुरुवात गरेको थियो। एप्पलले 2022 मा लन्च भएको आइफोन 14 देखि इसिम को सुरुवात गरेको हो । हालको लागि आइफोनमा Esim सुविधा  USA र Canada  मात्र प्रयोग गर्न मिल्छ। गुगल pixels बाहेक एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्ने सामसुङले पनि 2022 मा लन्च भएको सामसुङ ग्यालेक्सी S22 र Fold Z4 मा पनि इसिम सुविधा  ल्याएको थियो। सामसुङले आफ्नो पुरानो फोनहरुमा पनि सॉफ़्टवेयरको माध्यमबाट इसिम प्रयोग गर्न मिल्ने सुविधा ल्याएको छ।

Lock screen widgets 

एन्ड्रोइडल ऑपरेटिंग सिस्टमले किट कैट र जेली बीन भर्जनमा  लक स्क्रीन विजेट फिचर्सको सुरुवात गरेको थियो। यि दुई एन्ड्रोइड भर्जन 2012-13 मा लन्च भएको थियो। किट कैट र जेली बीन भर्जनमा सीमित मात्रामा लक स्क्रीन विजेट सेट गर्न मिल्थो। तर आज भोलि  लन्च भएका एन्ड्रोइड फोन हरुमा विभिन्न एपका धेरै सुविधालाई लक स्क्रीन विजेट रुपमा प्रयोग गर्न सकिन्छ। एन्ड्रोइड फोन देखि कापी गरेको लक स्क्रीन विजेट  फिचर्स आईओएसले 16 देखि मात्र सुरुवात गरेको थियो। लक स्क्रीन विजेट फिचर्स आइफोन प्रयोगकर्तालाई नयाॅ फिचर्स लागेता पनि एन्ड्रोइड प्रयोगकर्ताले धेरै पहिले देखि प्रयोग गर्दै आएका छन।

App library

एप्पल आईओएसले ऐप लाइब्रेरी फिचर्स सुरुवात गरेको धेरै समय भएको छैन। आईओएसमा यो फिचर्स आउनु पुर्व नै एन्ड्रोइड प्रयोगकर्ताले प्रयोग गरिसकेका थियो। एप लाइब्रेरी फिचर्स आईओएस प्लेटफर्मले डिज़ाइन परिवर्तन गरि कापी गरेको थियो। एन्ड्रोइड फोनमा एप लाइब्रेरीलाई एप फोल्डर वा एप समूहको रुपमा चिन्न सकिन्छ।

यो फिचर्समा प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार वा एपको वर्ग अनुसार विभिन्न फरक फरक एप फोल्डर बनाउन सक्छन।एन्ड्रोइड फोनमा यो सुविधा एन्ड्रोइड भर्जन 1 देखि नै उपलब्ध थियो। त्यति वेला सीमित एपलाई एप फोल्डरमा सेट गर्न सकिन्थो।  तर समयको अन्तराल सङ्गै नया एन्ड्रोइड भर्जनमा यो फिचर्स धेरै नै एडभान्स भइसकेको छ। धेरै बर्ष अगाडि एन्ड्रोइडमा यो सुविधा लन्च भए पनि एप्पल आईओएसमा भने 2020 मा लन्च भएको  आईओएस 14 ऑपरेटिंग सिस्टम देखि मात्र आईफोन प्रयोगकर्ताले एप लाइब्रेरी प्रयोग गर्ने पाएका थिए।

Default app

आईओएस ऑपरेटिंग सिस्टममा आउनु भन्दा पहिले नै एन्ड्रोइड ओएसले डिफ़ॉल्ट एप  लन्च गरेको थियो। एन्ड्रोइड ओएस देखि कापी गरेको डिफ़ॉल्ट एप फिचर्स एप्पलले 2020 मा लन्च भएको आईओएस 14 देखि आइफोन स्मार्टफोन प्रयोगकर्तालाई उपलब्ध गराएको थियो। एन्ड्रोइड प्रयोगकर्ताले डिफ़ॉल्ट एप सुविधा धेरै बर्ष अगाडि देखि प्रयोग गर्दै आइरहेका छन। त्यसैले एन्ड्रोइड प्रयोगकर्तालाई यो फिचर्स कसरी प्रयोग गर्ने थाहा छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताले आफ्नो इच्छा चाहना अनुसार हरेक एपलाई डिफ़ॉल्ट एपको रुपमा Music player , Web browsers, Video player लगायत अन्य एपलाई प्रयोग गर्न सक्छन। तर आईओएसमा डिफ़ॉल्ट एप  फिचर्स लन्च भए पनि जुन रुपमा एन्ड्रोइड प्रयोगकर्ताले यसको प्रयोग गर्न पाइरहेका छ। त्यस अनुरूप  आईओएस प्रयोगकर्ता यसबाट बन्चीत छन।  आईओएसमा डिफ़ॉल्ट एपको रूपमा  इमेल, वेब ब्राउज़रलाई मात्र प्रयोग गर्न सकिन्छ।

यो पनि पढ्नुहोस: सुरक्षित Android APK डाउनलोड गर्न मिल्ने 3 वेबसाइटहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *