3 Best Sites for Safe Android APK Downloads in Nepali

एन्ड्रोइड प्रयोगकर्ताले इन्स्टल गर्न चाहेको एपहरु भौगोलिक प्रतिबन्ध , डेवलपरले एपलिकेशन  हटाएको अवस्थामा वा प्ले स्टोरको नियम विपरीत कार्य गरेमा ति एपहरुलाई गुगल प्ले स्टोरले आफ्नो प्लेटफर्म देखि  डिलेट गर्ने गर्छ ।यसरी डिलेट गरिएका एपहरु प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँले अन्य  APK  वेबसाइट  देखि एपलिकेशन डाउनलोड गरि इन्स्टल गर्नुपर्छ।

तपाईले कुन वेबसाइट देखि ApK file डाउनलोड गर्न चाहनु भएको छ। उक्त  वेबसाइट बारे एक पटक  राम्रोसँग अनुसन्धान गरेर मात्र डाउनलोड गर्नु होस। किनकि APK  डाउनलोड गर्ने वेबसाइटमा बग र मालवेयर  पनि हुन सक्छ। सधै सुरक्षित र भरपर्दो APK वेबसाइट देखि मात्र डाउनलोड गर्नुहोस। आज यो लेख देखि apk डाउनलोड गर्ने मिल्ने  3 सुरक्षित वेबसाइट बारे जानकारी दिनेछु।

Table of Contents

APK Mirror

APK Mirror

गुगल प्ले स्टोरमा उपलब्ध नभएका एपलिकेशन डाउनलोड गर्न मिल्ने वेबसाइटको खोजीमा हुनुहुन्छ भने तपाईँहरूको लागि apk mirror सहि छनोट हुनसक्छ।किनकि यो वेबसाइट एन्ड्रोइड सम्बन्धित समाचार प्रकाशन गर्ने Android News र android police द्वारा सञ्चालित वेबसाइट हो। 2014 मा पहिलो पटक फेसबुक, व्हाट्सएप , विभिन्न गेम लगायत अन्य थुप्रै apk फाइल समावेश गरि सुरुवात गरेको थियो।

APk mirror  धेरै नै लोकप्रिय वेबसाइट हो । गुगल प्ले स्टोरमा उपलब्ध नभएका एपहरू पनि  यो वेबसाइट देखि डाउनलोड गर्न सकिन्छ। यो वेबसाइटलाई  विश्वास गर्नुको कारण कुनै पनि apk फाइललाई  वेबसाइटमा अपलोड गर्नु पुर्ब  यसका सुरक्षा विशेषज्ञहरुले प्रत्येक apk फाइल लगायत अन्य महत्वपूर्ण फाइललाई राम्रोसँग परीक्षण गर्छन।त्यसै APK mirror देखि डाउनलोड गरिएका apk फाइलमा कुनै किसिमको  बग र मालवेयर  हुदैन।

एपको पुरानो भर्जन आवश्यक पर्ने एन्ड्रोइड युजर्स र पुरानो फोन हुने ब्यक्तिका लागि mirror धेरैै फाइदाजनक हुन्छ। किनकि यो वेबसाइटमा एपलिकेशनको पुरानो भर्जन  पनि उपलब्ध छ 

Apk pure

APK Pure

Apk pure पनि apk mirror जस्तै एन्ड्रोइड प्रयोगकर्तालाई विभिन्न एप तथा गेमहरू डाउनलोड र इन्स्टल गर्ने अनुमति दिने वेबसाइट हो। apk mirror को मुख्य प्रतिस्पर्धा को रुपमा apk pure लाई लिन सकिन्छ। यि दुवै वेबसाइट एकै समयमा सन्चालन गरिएको थियो। तेस्रो पक्ष एप  डाउनलोड तथा ईन्स्टल गर्न मिल्ने लोकप्रिय वेबसाइट को रुपमा परिचित छ। यो वेबसाइटमा युजर्सलाई आवश्यक पर्ने थुप्रै apk apps हरु छ। यो वेबसाइट प्रयोग गर्न  सजीलो र एपलिकेशनहरुको अपडेट पनि  छिटो उपलब्ध हुन्छ ।

APK pure देखि एन्ड्रोइड प्रयोगकर्ताले आधिकारिक रूपमा गुगल प्ले स्टोर  बाट हटाइएको वा नभएको apps हरु डाउनलोड गर्न सक्नेछ। पुरानो फोनका लागि विभिन्न app तथा गेमको apk हरु यो वेबसाइटमा उपलब्ध छ। यसका साथै कुनै एपको को पुरानो भर्जन डाउनलोड गर्न चाहाने एन्ड्रोइड प्रयोगकर्ताले ( Android package kit) डाउनलोड गरि इन्स्टल गर्न सक्नेछ। apk pure वेबसाइट देखि एपलिकेशन डाउनलोड र इन्स्टल गर्दा गुगल प्ले स्टोर  जाने झन्झटबाट पनि मुक्त गर्छ।  यसले गर्दा गुगल प्ले स्टोर सिस्टमलाई बाइपास  गरि तपाईले चाहेको एपलाई सजीलो सङ्ग डिभाइसमा इन्स्टल गरिदिन्छ।

तेस्रो-पक्ष स्रोतबाट एपलिकेशनहरु  आफ्नो  डिभाइसमा इन्स्टल गर्दा सधै ध्यान दिनुपर्छ। किनकि कतिपय वेबसाइटबाट apk डाउनलोड गर्दा डिभाइसमा मालवेयर आउने खतरा हुन्छ त्यसै विश्वासिलो apk वेबसाइट देखि मात्र डाउनलोड गर्न पर्छ।  त्यसको रुपमा apk pure लाई पनि लिन सकिन्छ।

Apk monk

APK Monk

Apk download गर्ने अर्को popular site apk monk हो । विशेष रुपमा यो वेबसाइटमा ट्रेन्डिङ खेल  का साथै अन्य सामाजिक मिडिया एप, सन्देश एप  र भिडियो एपहरु पाउन सकिन्छ। apk mirror, apk pure जस्तै विश्वासिलो वेबसाइटको रुपमा प्रयोग गर्न सकिन्छ। किनकि apk monk  को पनि आफ्नै मालवेयर जाँच एल्गोरिथ्म छ । जसले कुनै पनि एप यो साइटको सुचिमा सामेल हुनु पुर्ब भाइरस र मालवेयर स्क्यान  पश्चात आफ्नो वेबसाइटमा अपडेट गर्छ।

Apk monk ले आफ्नो साइटमा उपलब्ध भएका प्रत्येक एपको सम्पूर्ण विवरण, साइज, अपडेटका साथै  डिभाइसमा मिल्दो हुन्छ वा हुदैन भन्ने कुराको पनि जानकारी गराउछ। गुगल प्ले स्टोरमा नभएका एप वा हटाइ सकेका एपहरु सजिलै सङ्ग डाउनलोड र इन्स्टल गर्न सकिन्छ।। पुराना फोन तथा पुरानो संस्करण  चाहिने  एन्ड्रोइड प्रयोगकर्ताहरूलाई पुरानो संस्करण इन्स्टल  गर्ने  सुविधा पनि apk monk ले अनुमति दिन्छ। 

यो पनि पढ्नुहोस: एन्ड्रोइड प्रयोगकर्ताका लागि उत्कृष्ट हुने भिडियो ऐडिटिङ् एपहरु

One thought on “सुरक्षित Android APK डाउनलोड गर्न मिल्ने 3 वेबसाइटहरु|”

Leave a Reply

Your email address will not be published. Required fields are marked *