best video editing apps for android users

भिडियोहरु लाई आफ्नो इच्छा चाहना अनुसार ऐडिट गरि आफ्ना साथीभाई वा भिडियो शेयरिङ प्लेटफर्ममा शेयर गर्नु भन्दा पहिले भिडियोलाई ऐडिट गर्नु पर्छ। अनि मात्र उत्कृष्ट र आकर्षक बनाउन सकिन्छ। यसको लागि राम्रो भिडियो ऐडिट एपको आवश्यक पर्छ। गुगल प्ले स्टोरमा भिडियो ऐडिट गर्ने एपलिकेशनहरु धेरै छ।  कुन एपमा कस्तो फिचर्स र टुलहरु छ भनि थाहा पाउन प्रत्येक एपलिकेशन इन्स्टल गरि प्रयोग गर्नु पर्छ। यो तरिका अलि लामो र झन्झटिलो  हुन्छ । त्यसैले  आज यो लेख देखि उत्कृष्ट एन्ड्रोइड भिडियो ऐडिट एपहरु बारे सम्पूर्ण जानकारीका दिनेछु। यसका लागि यो लेख पढ्नु होला।

Best video editing apps for Android user | एन्ड्रोइड प्रयोगकर्ताका लागि उत्कृष्ट हुने भिडियो ऐडिटिङ् एपहरु

Kine master भिडियो ऐडिटिङ् एप

गुगल प्ले स्टोरमा उपलब्ध भएका विभिन्न भिडियो ऐडिटिङ् एपहरु मध्येको Kine मास्टर  एप पनि एक हो। यो एपमा यूजर्सलाई आवश्यक पर्ने सम्पूर्ण फिचर्स छ। गुगल प्ले स्टोरको टप भिडियो प्लेयर र ऐडिटिङ् एपहरु मध्ये kine master दोस्रो नम्बरमा पर्छ।प्रयोगकर्ताले यो एपलाई 4.1 रेटिंग रेट दिएका छन। Kine master एपले प्रयोगकर्ताको कुनै पनि डेटा तेस्रो पक्षलाई उपलब्ध गराउदैन। यसका साथै कुनै पनि किसिमको डेटा पनि सङ्कलन गर्दैन। 

किन मास्टर एप नि: शुल्क र सशुल्क भर्जनमा उपलब्ध छ। आज तपाईँहरूलाई नि:शुल्क भर्जन बारे बताउने छु। pre -install भएर आउने Effects, Transitions Video, Audio effects को प्रयोगले  भिडियोलाई professional र आकर्षक बनाउन सकिन्छ। kine मास्टर एपमा मल्टिपल लेयर, blending modes जस्ता टुलहरु धेरै भएका कारण भिडियो ऐडिटिङ् सम्बन्धित ज्ञान नभएका मानिसहरूले पनि सजिलोसँग प्रयोग गर्ने र नेभिगेट गर्न सक्छ।

किन मास्टर एपमा 4k रेजुलेशन भिडियो अपलोड गरि भिडियो ऐडिटिङ् पश्चात उच्च गुणस्तर भिडियो डाउनलोड गर्न सकिन्छ। ऐडिटिङ् गर्न चाहेको भिडियोमा टेक्स, अडियो,ईमेज, हेन्डराईटिङ् जस्ता अतिरिक्त अप्जेक्ट राख्न सकिन्छ। यसका साथै टेक्स, हेन्ड राईटिङ्लाई धेरै भाषामा लेख्न सकिन्छ। 

किन मास्टर  एपमा डेवलपरहरुले समय समयमा अपडेट गरि राखेका हुन्छन। जसका कारण Bug,Malware, आउने सम्भावना कम हुन्छ।  community member धेरै भएका कारण कुनै किसिमको समस्या आई परेको अबस्थामा समाधान गर्न सजीलो हुन्छ। भिडियो ऐडिट समन्धित सम्पूर्ण ट्यूटोरियल पनि Community Group मा अपलोड गरिएको हुन्छ। किन मास्टर एप देखि भिडियो रेकर्डिङका साथ अडियो रेकर्ड पनि गर्न सकिन्छ र उक्त फाइललाई आफ्नो डिभाइस वा क्लाउड स्टोरमा सेभ गर्न सकिन्छ। 

किन मास्टरका नकारात्मक पक्षहरू

  • नि:शुल्क उपलब्ध भएका टुल्स बाहेक अन्य टुल्स प्रयोग गर्नुपरेमा प्रिमियम भर्जन खरिद गर्नु पर्छ ।
  • कुनै कुनै समय ऐडिटिङ् गरिसकेको भिडियो ब्लयाक डाउनलोड हुन सक्छ ।
  • Watermark हटाउन प्रिमियम भर्जन खरिद गर्नुपर्छ ।
  • कम प्रफोमेन्श भएका फोनहरुमा राम्रोसँग काम गर्दैन।
  • भिडियो ऐडिट गरि सकेपछि डाउनलोड गर्दा लामो समय लाग्छ।

PowerDirector भिडियो ऐडिटर

एन्ड्रोइड प्लेटफॉर्ममा भिडियो ऐडिटिङ् एपहरु धेरै भए पनि PowerDirector  एप पनि राम्रो छनोट हुन सक्छ। PowerDirector एप पनि अन्य एपमा जस्तै नि:शुल्क र सशुल्क भर्जनमा उपलब्ध छ। गुगल प्ले स्टोरको टप भिडियो प्लेयर र एडिटिङ् एपहरु मध्ये powerdirector  छैटो नम्बरमा पर्छ।यूजर्सले यो एपलाई 4.2 रेटिंग रेट दिएका छन। यो एपले पनि युजर्सको कुनै पनि डेटा तेस्रो पक्षलाई दिदैन। तर युजर्सको डेटा भने सङ्कलन गर्छ।

PowerDirector भिडियो ऐडिटिङ् एपमा पनि धेरै फिचर्स तथा effects हरु छन यसको साथै  multiple video layer,  slow motion, fast motion र time lapse जस्ता टुल्स प्रयोग गर्न सजीलो छ।आम मानिसहरूले पनि यो एप प्रयोग गरि आफ्नो भिडियोलाई आकर्षक बनाउन सक्छन।Rendering engine का कारण छिटो र पर्याप्त मात्रमा भिडियो export गर्न सकिन्छ। 

PowerDirector एपको active community members धेरै छ जसका कारण कुनै पनि भिडियो ऐडिटिङ् समन्धित समस्या समाधान गर्न र भिडियो ट्यूटोरियल  सजिलोसँग प्राप्त गर्न सकिन्छ। भिडियो एडिटिङ् समन्धित सिप् र ज्ञान पनि प्राप्त गर्न सकिन्छ। पर्याप्त मात्रमा music library, sound effects, background sound जस्ता elements स्टोरे गर्न सकिन्छ। 

विभिन्न माध्यमबाट प्राप्त भएका भिडियोलाई सजिलोसँग ऐडिट गर्न सकिन्छ। PowerDirector एपमा पनि यसका डेवलपरहरुले समय समयमा एप अपडेट गरि राखेका हुन्छन। जसले गर्दा एपमा आउने bug ,malware जस्ता समस्याहरूको समाधान भई रहेको हुन्छ। 

PowerDirector एपका नराम्रा पक्ष हरु

  • नि:शुल्क भर्जनमा टुल्स तथा elements सीमित छ।
  • पुराना फोन तथा कम प्रोसेसर भएका फोनहरुमा अपेक्षित तरिकाले काम गर्दैन।
  • नि:शुल्क भर्जन प्रयोग गर्दा समय समयमा विज्ञापन देखा पर्छ। जसका कारण यूजर्सलाई भिडियो ऐडिट गर्न समस्या हुन्छ।

Filmora भिडियो ऐडिट एप

Filmora भिडियो एडिटिङ् एप एन्ड्रोइड युजर्सका लागि नयाॅ नाम भने होइन। किनकि लामो समय देखि मोबाइलबाट भिडियो एडिट गर्न चाहाने यूजर्सलाई नयाॅ नयाॅ किसिमका ऐडिटिङ् फिचर्स समावेश गरि आफुलाई स्थापित गर्न सफल भिडियो एडिटिङ् एप हो। गुगल प्ले स्टोरमा यो एपलाई यूजर्सले 4.6 रेटिंग रेट दिएका छन । तर सुरक्षाका हिसाबले यो एपको केहि कमि कमजोरी छ। Filmora एपले आफ्नो प्रयोगकर्ताको डेटा तेस्रो पक्षलाई उपलब्ध गराउछ। यसरी कलेक्ट गरेको डाटालाई यूजर्सले  डिलेट गर्न सक्दैन।

Filmora भिडियो एप user friendly र चलाउन पनि सजीलो  छ। यो एप  प्रयोग गर्न कुनै किसिमको विशेष सीप आवश्यक पर्दैन यूजर्सले सजिलै चलाउन सक्नेछ। भिडियो ऐडिट गर्दा आवश्यक पर्ने फिल्टर ,Transitions,Text, music जस्ता टुल्स धेरै  छ जसले गर्दा भिडियो ऐडिट गर्न सजीलो र आकर्षक बनाउन सकिन्छ। 

भिडियोको Sound effects राम्रो बनाउनको लागि पर्याप्त मात्रमा उपलब्ध रहेका Music, Sound effects, Background sound समावेश गरि अझ उत्कृष्ट बनाउन सकिन्छ। सजिलोसँग विभिन्न सामाजिक सञ्जालमा शेयर पनि गर्न सकिन्छ।

यूजर्स अनुभवलाई राम्रो बनाउन तथा Bug, Malware रोकथामका लागि समय समयमा एप अपडेट गरि राखेको हुन्छ। 4k भिडियो अपलोड गरि आवश्यक ता अनुसार भिडियो ऐडिट पश्चात high quality video डाउनलोड गर्न सकिन्छ।

Filmora एपका नराम्रो पक्षहरू

  • नि:शुल्क भर्जन प्रयोग गर्दा  filters, transitions, sound effects हरु सीमित मात्र प्रयोग गर्न सकिन्छ ।
  • विभिन्न किसिमका विज्ञापनले भिडियो एडिट गर्ने बेला ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ।
  • पुराना तथा कम प्रोसेसर भएका फोनमा राम्रोसँग काम गर्दैन 

Quik भिडियो एडिटिङ् एप

Quik video editing  एपलाई गुगल प्ले स्टोरमा यूजर्सले 4.7 रेटिंग रेट दिएका छन। गुगल प्ले स्टोरको  टप भिडियो प्लेयर तथा भिडियो ऐडिटिङ् विधाको पाँचौं  नम्बरमा पर्ने एपले यूजर्सको कुनै पनि डेटा तेस्रो पक्षलाई उपलब्ध गराउदैन तर युजर्सको डेटा कलेक्ट गर्छ। एप प्रयोगकर्ताको अनुरोधमा ति डेटा डिलेट पनि गर्न सकिन्छ।

यूजर्सले छनोट गरेको फोटो तथा भिडियोमा Music, transitions र effects प्रयोग गरि अटोमेटिक भिडियो ऐडिट गरि दिन्छ। यो एपमा यूजर्सलाई आवश्यक पर्ने थुप्रै टेम्प्लेट  उपलब्ध छ जसका कारण भिडियो बनाउन सजीलो हुनु का साथै भिडियो पनि उत्कृष्ट देखिन्छ।

अन्य भिडियो एडिटिङ् एपमा जस्तै यसमा पनि युजर्सले आफ्नो चाहना अनुसार music library, background music र sounds effects स्टोर गरि प्रयोग गर्न सकिनेछ। यो एपमा ऐडिट गरिएका भिडियोलाई विभिन्न सामाजिक सञ्जालमा शेयर गर्न सकिन्छ र यूजर्सले  विभिन्न Elements को प्रयोग गरि भिडियो अझ आकर्षक र सुन्दर बनाउन सकिनेछ।

Quik app का नराम्रो पक्षहरू 

  • यो एपले भिडियोलाई अटोमेटिक ऐडिट गरि दिने हुँदा यूजर्सले आफ्नो इच्छाअनुसार ऐडिट गर्न सक्दैन।
  • टुल्स तथा अन्य elements सीमित मात्र प्रयोग गर्न मिल्ने छ।
  • 4k रेजुलेशन भिडियोहरु यो भिडियो एडिटिङ् एपमा सपोर्ट गर्दैन। 

यो पनि पढ्नुहोस: गुगल फोटो एपमा फोटो ब्याकअप गर्ने सजिलो तरिका

One thought on “एन्ड्रोइड प्रयोगकर्ताका लागि उत्कृष्ट हुने भिडियो ऐडिटिङ् एपहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *