30000 रूपियाँसम्मका स्मार्टफोनहरु नेपाली बजारमा फ्लैगशिप फोनहरु भन्दा धेरै बिक्री हुन्छ। यसको मुख्य कारण फ्लैगशिप स्मार्टफोनहरुमा हुने फिचर्स हरु केही वर्ष देखि मिड रेन्ज प्राईसका फोनहरुमा पनि विभिन्न स्मार्टफोन कम्पनीहरुले उक्त फिचर्सहरु समावेश गरि लन्च गरिरहेका छन। 2020 मा सामसुङ कम्पनीले आफ्नो फ्लैगशिप फोन सामसुङ ग्यालेक्सी एस 20 मा 120 Hz रिफ्रेरेसरेट भएको स्मार्टफोन विश्वबजारमा लन्च गरेको थियो ।त्यस पश्चताप अन्य कम्पनीहरुले पनि 90hz 120hz रिफ्रेरेसरेट भएका मिड रेन्ज स्मार्टफोनहरु उत्पादन सुरु गरेका थिए।
आज भोलि नेपाली बजारमा मिड रेन्ज प्राईसका स्मार्टफोन धेरै छन। स्मार्टफोन खरिदकर्तालाई यी फोन मध्ये कुन राम्रो छ भनि छनोट गर्न हम्मे हम्मे हुन्छ। अहिले नेपाली बजारमा सामसुङ, ओप्पो ,रियलमी साओमी जस्ता अन्तर्राष्ट्रिय मोबाइल फोन कम्पनीहरुले आफ्नो फोनहरु लन्च गरिरहेका छन। बजारमा उपलब्ध भएका मिड रेन्ज प्राईसका स्मार्टफोनहरुमा के कस्ता फिचर्सहरु छन भनि खरिद गर्नु पुर्ब सामान्य जानकारी हुनुपर्छ। Best phone under 30000 in nepal नेपाली बजारमा मिड-रेन्ज स्मार्टफोन खरिद गर्न सकिने टप 7 स्मार्टफोन बारे जानकारी दिनेछु। यसको लागि यो आर्टिकल अन्त्य सम्म पढ्नु होला।
1.Redmi note 11S
Best phone under 30000 in Nepal को पहिलो नम्बरमा पर्ने स्मार्टफोन हो। साओमी कम्पनीले हरेक बर्ष नोट सिरिजका स्मार्टफोन विश्वबजारमा लन्च गर्छ गत बर्ष पनि नोट 10 मा विभिन्न नयाँ फिचर्सहरु समावेश गरि लन्च गरेको थियो। यो बर्ष पनि रेडमी नोट 11S लन्च गरेको छ। रेडमी नोट 11S मा कम्पनीले पहिलो पटक मिड रेन्ज फोनमा 108MP क्यामेरा उपलब्ध गराएको छ। तपाईँहरूले रेडमी नोट 11S मा चार ओटा क्यामेरा प्रयोग गर्न सक्नुहुन्छ। जसमा 108MP वाइड एङगल प्राइमरी क्यामेरा 8MP अल्ट्रा वाइड क्यामेरा 2MP म्याक्रो क्यामेरा 2MP डिप्थ क्यामेरा रहेको छ। रेडमी नोट 11S 6.43 इन्च AMOLED डिस्पेले 90 Hz रिफ्रेरेसरेट ले सजिलोसँग इमेज देखाउन मद्दत गर्नेछ। 5000MAH को ब्याट्री पावर सपोट पाउनुहुनेछ। जसलाई 33 वाट फास्ट चार्जरले चार्ज गर्न सकिन्छ। यो फोनमा क्वालकम स्न्यापड्रागन 680 चिपसेट प्रयोग गरीएको छ। तपाईँहरूले रेडमी नोट 11s 4/6 जीबी र्याम र 64/128 जीबी स्टोरेजमा पाउनुहुन्छ। नेपाली बजार 6/128 जीबीको मुल्य रु 29999 पर्छ।

2.Samsung galaxy M32
2021 June मा नेपाली बजारमा लन्च भएको ग्यालेक्सी एम32 फोन कम मूल्यको राम्रो फिचर्स भएको स्मार्टफोन हो। एम32 फोनको डिस्पेले बारे कुरा गर्दा कम्पनीले आफ्नो फ्लैगशिप फोनमा प्रयोग गरि रहेको सुपर AMOLED डिस्पेले एम32 मा प्रयोग गरेको छ। यसको स्क्रीन साइज 6.4 इन्च र 90 hz रिफ्रेरेसरेट रहेको छ। ग्यालेक्सी एम32 4/6 जीबी र्याम 64/128 जीबी स्टोरेजमा उपलब्ध छ। आवश्यकता अनुसार 1tb सम्मको एस डी कार्ड प्रयोग गर्न सकिन्छ। सामसुङ ग्यालेक्सी एस 32 स्मार्टफोन फोनमा पनि चार ओटा क्यामेरा रहेको छ। 64MP ( 10x zoom) वाइड एङगल प्राइमरी क्यामेरा 8 MP अल्ट्रा वाइड एङगल क्यामेरा 2MP म्याक्रो क्यामेरा 2MP डिप्थ क्यामेराले प्रयोगकर्ताको चाहनाअनुसार फोटो खिच्न सक्षम छ। सेल्फिको लागि 20MP वाइड एङगल क्यामेरा अगाडि राखिएको छ। सामसुङ ग्यालेक्सी एस 32 मा मिडियाटेक हेलियो G80 चिपसेट प्रयोग गरिएको छ। ब्याट्रीको कुरा गर्दा यो फोनमा 6000MAh को पावरफुल ब्याट्री रहेको छ । यसलाई 15 वाटको फास्ट चार्जर चार्ज गर्न सकिन्छ। नेपाली बजारमा 6/128जीबी मूल्य रु 28999

3.Samsung galaxy A23
मध्यम मुल्यमा उत्कृष्ट फिचर्स सहितको स्मार्टफोन खरिद गर्न चाहने ब्यक्तिहरुको लागि सामसुङ ग्यालेक्सी ए23 राम्रो छनोट हुनसक्छ। नेपालमा सामसुङ कम्पनीले मिड रेन्ज प्राइसको स्मार्टफोन फोन हरेक बर्ग लन्च गर्छ। सामसुङ ग्यालेक्सी ए23 मिड रेन्ज प्राइसको स्मार्टफोन हो। कम्पनीले ग्यालेक्सी ए23 6.6 इन्च (PLS TFT LCD) डिस्पेलेलाई 90HZ रिफ्रेरेसरेट ले फोनमा ईमेजलाई छिटो र सरल तरिकाले प्रस्तुत गर्न मद्दत गरेको छ।Gorilla glass 5 को सुरक्षाले फोनको स्क्रीनलाई scratch हुनबाट बचाउँछ। सामसुङ ग्यालेक्सी ए23 मा चार ओटा ब्याक क्यामेरा रहेको छ 50MP वाइड एङगल प्राइमरी 10× जुम क्यामेरा 5MP अल्ट्रा वाइड एङगल क्यामेरा 2MP म्याकरो क्यामेरा 2MP डिप्थ क्यामेरा ले प्रयोगकर्तालाई अन्य स्मार्टफोनको तुलनामा फरक अनुभव दिनेछ।प्रफोमेन्श कुरा गर्दा यो फोनमा क्वालकम स्न्यापड्रागन 680 चिपसेट र ओक्टा कोर सि पि यु प्रयोग गरिएको छ। सामसुङ ग्यालेक्सी ए23 स्मार्टफोन 6 जीबी र्याम 128 जीबी स्टोरेजमा उपलब्ध रहेको छ। 5000 MAH ब्याट्री जसलाई 25 वाटको फास्ट चार्जर ले चार्ज गर्न सकिन्छ। मूल्य रु 29999

4.Redmi Note 10S
साओमी कम्पनीले सस्तो मूल्यमा उच्च गुणस्तरीय सुविधाहरू सहितको नोट सिरिजका स्मार्टफोन बजारमा ल्याएको हुन्छ । त्यसैले मध्यम वर्गका मानिसहरु साओमी कम्पनीले बनाएको स्मार्टफोन प्रयोग गर्न रुचाउँछन् ।नेपाली बजारमा केही समय अगाडि रेडमी नोट 10s लन्च भएको थियो। जसको स्क्रीन साइज 6.43 इन्च AMOLED डिस्पेले प्रयोग गरिएको छ।तपाईँले यो फोन 4,6 जीबी र्याम 64,128जीबी स्टोरेजमा पाउनुहुनेछ।रेड्मी नोट 10s मा क्वाड क्यामेरा सेटअप 64 MP प्राइमरी क्यामेरा 8 MP अल्ट्रा वाइल्ड एङगल क्यामेरा 2MP म्याक्रो क्यामेरा 2MP डिप्थ क्यामेराले राम्रो फोटो खिच्न मद्दत गर्ने छ। 33 वाट फास्ट चार्जीङ् सुविधा दिएको नोट 10s मा 5000MAh को पावरफुल ब्याट्रीले तपाईँहरूको स्मार्टफोनलाई लामो समय सम्म पावर दिनेछ।हरेक मिड रेन्ज स्मार्टफोनहरुमा प्रयोग गरिने मिडियाटेक चिपसेट रेड्मी नोट 10s मा पनि प्रयोग गरिएको छ। नेपाली बजारमा साओमी रेड्मी नोट 10 एस रु 25000- 29000 सम्म खरिद गर्न सकिन्छ।

5.Realme 9i
रियलमी 9i क्वालकम स्न्यापड्रागन 680 चिपसेट प्रयोग गरिएको मध्यम मूल्यको फोन हो। यसको स्क्रीन साइज 6.6 इन्च हुनुका साथै यसमा 5000Mah को पावरफुल ब्याट्री प्रयोग गरिएको छ। रियलमी 9i स्मार्टफोन 64, 128 जीबी स्टोरेज र 4,6 जीबी र्याममा उपलब्ध रहेको छ। यो फोनमा 90 hz रिफ्रेरेसरेट को मजा लिन सकिन्छ।अपरेटिङ सिस्टम कुरा गर्दा रियलमी 9i मा एन्ड्रोइड 11 प्रयोग गराएको छ। मध्यम मूल्यका फोनमा विभिन्न कम्पनीहरुले क्यामेरालाई विशेष महत्वका साथ क्यामेराको कार्यशैलीलाई सुधार ल्याउने कोसिस गरिरहँदा रियलमी 9i स्मार्टफोनमा पनि पछाडि 3 ओटा क्यामेरा 50mp +2mp+2mp प्रयोग गरिएको छ। अगाडिको क्यामेरा 16mp रहेको छ। 6/128 जीबीको मूल्य रु 27999 पर्छ।

6.Realme nozar 50
रियलमी कम्पनीले आफ्ना लोयाल प्रयोगकर्तालाई हरेक वर्ष नया किसिमका सुविधाहरू भएका स्मार्टफोन सस्तो मूल्यमा उपलब्ध गराउदै आएको छ। केही समय अगाडि कम्पनीले आफ्नो मध्यम मूल्यको स्मार्टफोन रियलमी नोजार 50 नेपाली बजारमा लन्च गरेको थियो ।6.6 इन्चमा उपलब्ध रहेको फोनमा मिडियाटेक होल्ली जी96 चिपसेट प्रयोग गरेको छ। 120HZ रिफ्रेरेसरेट को मद्दतले फोनको डिस्पेले सजिलै सङ्ग चलाउन सकिन्छ। 5000 Mah को पावरफुल ब्याट्री ले लामो समयसम्म फोनलाई चलाउन सकिन्छ।रियलमी नोजार 50 4/6 जीबी र्याम र 64/128 जीबी स्टोरेजमा उपलब्ध रहेको छ। 6/128 जीबीको मूल्य रु 27499

7.Poco m3 pro 5g
June 8 2021 मा अफिसियलि विश्वबजारमा रिलीज भएको पोको M3 प्रो 5g स्मार्टफोन साओमी कम्पनीले उत्पादन गर्ने मिड रेन्ज मूल्यको फोन हो।कम्पनीले नेपाली प्रयोगकर्तालाई किफायती मूल्यमा उत्कृष्ट सुविधा सहितको फोनहरु नेपाली बजारमा लन्च गर्ने गर्छ।ठूलाे पर्दामा गेम, युटुब,फिल्महरूको मजा लिन चाहने व्यक्तिको लागि 6.5 इन्चको डिस्पेलेमा पोको M3 प्रो 5g स्मार्टफोन उपलब्ध छ। चिपसेटको कुरा गर्दा हरेक मिड रेन्ज मूल्यका फोनहरुमा मिडियाटेक, एक्ससिनोज चिपसेट प्रयोग गरिएको हुन्छ त्यस अनुरूप पोको M3 प्रो5g मा पनि मिडियाटेक चिपसेट प्रयोग गराएको छ। 5000 MH क्षमताको ब्याट्री प्रयोग गरिएको छ जसका कारण फोनलाई लामो समय सम्म चलाउन सकिन्छ। यो फोनमा एन्ड्रोइड 11 MIUI12 का साथै fingerprint सुविधा पनि प्रयोग गर्न सकिन्छ। यो फोन 4,6 जीबी र्याम र 64,128 जीबी स्टोरेजमा उपलब्ध छ। यसमा तपाईँहरूले दुई ओटा सिम कार्ड प्रयोग गर्न सक्नुहुन्छ। 4/64 जीबीको मूल्य रु 23999

READ MORE: