How to stop location tracking on Android

आज भोलि हरेक ब्यक्ति सङ्ग स्मार्टफोन हुन्छ।  आवश्यकता अनुसार विभिन्न एपहरू प्रयोग गरि रहेका हुन्छन। एपहरुले हाम्रो दैनिक जीवनलाई सरल बनाउन मद्दत गर्छ। तर स्मार्टफोनमा रहेका एपहरुले प्रयोगकर्ताको अनुमति बिना Location data track गरि राखेका हुन सक्छन। यसरी आवश्यकता बिना Location track गरि रहेका एपहरुलाई Location data tracking पहुँचबाट कसरी टाढा राख्न सकिन्छ। यस बारे यो Article मा सम्पूर्ण जानकारी दिईएको छ।

Location data access भएका एपहरुको सूची तयार गर्ने

सुरुमा आफ्नो स्मार्टफोन भित्र प्रयोग भइरहेका एपहरु बारे सामान्य अध्ययन गर्नुहोस। यसबाट थाहा हुन्छ आफुले प्रयोग गरिरहेका कुन कुन एपलाई अनिवार्य रुपमा Location data आवश्यक पर्छ। त्यस अनुसार एपको सूची तयार पार्नुहोस्। आवश्यक नरहेका अवस्थामा पनि Location data track गरिरहेका एपहरु पत्ता लगाउनु होस्। Google map, Navigation जस्ता एपहरुलाई अनिवार्य रुपमा Location data आवश्यक पर्छ।Location data track नगरि प्रयोग गर्न सकिने एपहरुले लगातार Location track गरिरहेका छन् भने तुरुन्त Location data बन्द गरिदिनुहोस या When using ask me every time गरिदिनु।

सामाजिक सञ्जाल

सबैभन्दा बढि  Location track गर्ने एपहरुमा सामाजिक सञ्जालका एपहरु पहिलो नम्बरमा पर्छन। किनकि हरेक पटक post upload, photo upload लगायत सामान्य कुरामा पनि सामाजिक सञ्जालले प्रयोगकर्ताको Location track गर्छ। केही वर्ष अगि फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको user data ,Location data सङ्कलन गरि बिक्री गरेको आरोप लागेको थियो।यसरी आवश्यकता भन्दा बढि तपाईँहरूको Location data कुनै पनि सामाजिक सञ्जालले track गरिरहेको छ भने तुरुन्तै त्यस किसिमको एपहरुलाई Location पहुँचबाट टाढा राख्नु होस्।

Ride sharing

बजारमा विभिन्न कम्पनीहरुले ride sharing सुविधा उपलब्ध गराई रहेका छन्। जसमा Pathao, Tootle लगायत अन्य विभिन्न कम्पनी रहेका छन। कुनै पनि Ride sharing एपहरुले तपाईँहरूको Location track गरि राखेको हुन्छ। जव तपाईले उक्त कम्पनीको एप देखि अर्डर बुकिंग गर्नु भएको छ भने एपले तपाई कुन ठाउँमा हुनुहुन्छ भनि Location track गर्ने गर्छ। तर अर्डर बुकिंग नगरेको अवस्थामा पनि Ride sharing एपले Location data track गरि राखेको छ भने तुरुन्तै उक्त एपलाई Location data पहुँचबाट वञ्चित गरिदिनुहोस।

कल गर्ने एपहरू

Whatsapp,Viber,messenger,telegram लगायत अन्य धेरै calling app हरूले हरेक समय हाम्रो Location track गरि रहेका हुन्छन। कुनै पनि calling app हरूले दुई कारणले Location track गर्ने गर्छन। भू-ग्राफिक प्रतिबन्ध र विज्ञापनको लागि हाम्रो Location data track गरेका हुन्छन। यसरी अनावश्यक रुपमा हरेक समयको Location डाटा संकलन गरि राखेका छन भने आफ्नो इच्छाअनुसार Location बन्द गर्न सक्नुहुन्छ।

स्ट्रिमिङ एप

सन 2022 October मा अक्सफोर्ड विश्वविद्यालयले गरेको एक सर्वेक्षणबाट  विश्वभरी रहेका स्मार्टफोन प्रयोगकर्ताको 62% मानिसले आफ्नो स्मार्टफोन देखि मनोरञ्जन सम्बन्धित सामग्री हेर्न मन पराउँछन्। Netflix,Amazon prime,YouTube जस्ता प्लेटफर्ममा अधिकांश समय बिताउँछन्। online streaming एपहरुले भू-ग्राफिक प्रतिबन्धको लागि हाम्रो Location track गर्छ। साथै आफ्नो विज्ञापनको लागि पनि Location track गर्छ। यसरी online streaming platform हरूले geo graphic Location track गरि तपाईँहरूको क्षेत्रमा प्रसिद्ध भएका सामग्री प्रस्तुत गर्छ।। यस किसिमका streaming platform हरूले तपाईको Location अनुसार विज्ञापन देखाउनको लागि Location track गरि राखेका हुन्छन। यसरी आवश्यकता नभएका streaming  apps हरूको Location data track बन्द गर्न सक्नुहुन्छ।

एन्ड्रोइड फोनमा Location track बन्द गर्ने तरिका

  • एन्ड्रोइड फोनको सेटिङ खोल्ने
  • सेटिङ भित्र रहेको Location मा click गर्ने
  • Location बन्द छ भने खोल्ने 
  • App permission मा click गरिसके पछि screen मा 4 ओटा विकल्प देखिन्छ
  1. Allowed in every time 
  2. Allowed only while in use
  3. Not allowed 
  4. Ask every time 
  • Allowed In every time मा अनिवार्य Location data आवश्यक पर्ने एपहरु Google, Navigation, Google service जस्ता एपलाई राख्न सक्नुहुन्छ।
  • Allowed while in use मा एप प्रयोग गर्दा मात्र Location data आवश्यक पर्ने एपहरुलाई राख्न सक्नुहुन्छ।
  • Not allowed मा Location data आवश्यक नपर्ने एपहरुलाई राख्न सक्नुहुन्छ।
  • Ask every time मा आफ्नो इच्छाअनुसार एप राख्न सक्नुहुन्छ।

यो पनि पढ्नुहोस्: आईफोनको ब्याट्री हेल्थ बढाउने 6 तरिकाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *