आईफोनको ब्याट्री हेल्थ बढाउने 6 तरिकाहरु

स्मार्टफोनको दुनियाँमा आइफोन ब्राण्डको रुपमा स्थापित हुन सफल भएको छ । आईफोनको मूल्य अन्य स्मार्टफोनको तुलनामा महँगो भएता पनि मानिसहरूको पहिलो रोजाइ पर्छ । यसको मुख्य कारण आईफोनमा रहेको प्रोसेसर, क्यामेरा, डिजाइन आदि अन्य स्मार्टफोनको तुलनामा राम्रो हुने भएकाले मानिसहरुले आईफोन किन्ने गरेका छन्। यसरी महँगो मूल्यमा खरिद गरेको फोनमा सामान्य समस्या उत्पन्न हुँदा पनि तनाव हुन्छ। स्मार्टफोनको महत्वपूर्ण भाग मध्ये ऊर्जा अर्थात ब्याट्रीमा केही समस्या आएको अवस्थामा मोबाइलको चार्ज छिटो सकिने प्रयोग गर्दा गर्दै बन्द हुने गर्छ। यस्तो अवस्थामा ब्याट्री परिवर्तन गर्नुपर्छ। यस किसिमको समस्या आउनु पुर्ब आईफोनमा सावधानी र केही सेटिङ मिलाइयो भने यस किसिमको समस्याबाट केही मात्रमा आईफोनको ब्याट्री हेल्थलाई जोगाउन सकिन्छ।

आईफोनको ब्याट्री हेल्थ बढाउन अपरेटिङ सिस्टम समयमा अपडेट गर्ने

आईफोन प्रयोगकर्तालाई कम्पनीले समय समयमा अपरेटिङ सिस्टम अपडेट गर्नुहोस भनि म्यासेज पठाउने गर्छ।  यस किसिमको म्यासेज तपाईँहरूको फोनमा पनि आउने गरेको छ भने तुरुन्तै आफ्नो आईफोन अपडेट गर्नुहोस। यसरी समय समयमा फोन अपडेट गर्दा अनावश्यक गतिविधिहरू,ह्याक हुने मोबाइल ह्याङ हुने,एप प्रयोग गर्दा फोर्स स्टप हुने जस्ता समस्याबाट मुक्त गराउन मद्दत गर्दछ र अर्को महत्वपूर्ण कुरा अपरेटिङ सिस्टम अपडेट गरि आफ्नो फोनमा रहेको ब्याट्रीको हेल्थ पनि जोगाउन सकिन्छ। हरेक पटकको अपडेटमा कम्पनीले नया ब्याट्री अप्टिमाइजेसन फिचर्स उपलब्ध गराउँछ। अपरेटिङ सिस्टम अपडेट नगरेको फोनको तुलनामा अपडेट गरेको आईफोनको ब्याट्री हेल्थ लामो समय सम्म टिक्छ। 

उच्च तापक्रम देखि बचाउने

आईफोनमा रहेको ब्याट्रीको तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि लामो समयसम्म रहिरहेको अबस्थामा फोन प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ र विस्फोट पनि हुन सक्छ। उच्च तापक्रम रहेको वातावरणमा पनि लामो समय सम्म  फोन प्रयोग गर्दा ब्याट्रीको हेल्थमा असर गर्छ।तपाईँले आफ्नो फोनलाई उच्च तापक्रम र न्यून तापक्रमबाट बचाउन सक्नुभयो भने अन्य अबस्था भन्दा 15% लामो समयसम्म आईफोनको ब्याट्री हेल्थ बचाउन सक्नुहुन्छ।

लामो समयसम्म चार्ज नगरी नराख्ने 

कुनै पनि इलेक्ट्रोनिक उपकरणहरू लामो समयसम्म प्रयोग नगर्दो performance मा कमि आए जस्तै आईफोनलाई पनि लामो समयसम्म चार्ज नगर्दो ब्याट्री भित्र रहेको lithium-ion केमिकल सुक्दै जान्छ जसका कारण ब्याट्रीको हेल्थमा कमि आउछ।

चार्ज गर्दै आईफोन प्रयोग नगर्ने

यदि तपाईँहरूलाई पनि फोन चार्ज गर्दै प्रयोग गर्ने बानी छ भने यस्तो बानी तुरुन्तै छाड्नुहोस्।फोन चार्ज भई रहेको अबस्थामा फोन भित्र रहेको ब्याट्री सामान्य अबस्था भन्दा 5-8 डिग्री तापक्रम वृद्धि हुने गर्छ यस्तो अबस्थामा फोन प्रयोग गर्दा ब्याट्रीले आफ्नो क्षमता अनुसार करेन्ट स्टोर गर्न पाउँदैन। तुरुन्तै ब्याट्रीले स्टोर गरेको करेन्ट प्रयोग हुन्छ जसका कारण ब्याट्री भित्र रहेको केमिकलको तापक्रम वृद्धि हुन्छ। साथै फोनमा रहेको Chipset,Display हरूले पनि सामान्य अबस्था भन्दा 1-5 डिग्रीसम्म तापक्रम वृद्धि गर्छन जसका कारण ब्याट्री विस्फोट हुनसक्छ।

रात भरि फोन चार्जमा नगर्नै

धेरै मानिसहरू आफ्नो फोन रात भरि चार्ज गरिरहेका हुन्छ। विभिन्न कारणवस् मानिसहरूलाई रात भरि चार्ज गर्ने अबस्था आउन सक्छ तर यसरी लामो समयसम्म फोन चार्ज गर्दा ब्याट्रीमा भएको केमिकल आवश्यकता भन्दा बढि सक्रिय हुन जान्छ। यसरी लामो समयसम्म ब्याट्रीमा भएको केमिकल सेल सक्रिय भएको अबस्थामा ब्याट्री सामान्य अबस्था भन्दा तापक्रम वृद्धि हुन्छ जसका कारण ब्याट्री हेल्थमा असर पर्छ।

अनावश्यक फिचर्स तथा एप बन्द गर्ने

एप्पल कम्पनीले अन्य स्मार्टफोनको तुलनामा आईफोनमा धेरै फिचर्स तथा एपहरु उपलब्ध गराउँछ।आईफोनमा उपलब्ध भएका फिचर्सहरु Location, GPS, Bluetooth, Brightness आदि हरेक प्रयोगकर्तालाई आवश्यक नहुन पनि सक्छ। यस्तो अवस्थामा प्रयोगकर्ताले आवश्यक नरहेका फिचर्स तथा एपहरु बन्द गर्नसक्नुहुन्छ। यसरी आवश्यक नरहेका फिचर्स तथा एपहरु बन्द गर्दा आईफोनको ब्याट्री 5-10% बचत हुन्छ।

यो पनि पढ्नुहोस् : NFT देखि धेरै मानिसहरुले लाखौ करोडौ पैसा कमाउन सफल भएका छन |के तपाई पनि NFT पैसा कमाउने होइन ?

Leave a Comment